पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । सेना दिवसको अवसरमा नेपाली सेनाले अल जजिरा टेलिभिजनका नेपाल प्रतिनिधि विष्णुप्रसाद घिमिरे (कल्पित) सहित तीन जना पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ ।
सेनाको २६०औँ स्थापना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले, अल जजिरा टेलिभिजनका नेपाल प्रतिनिधि विष्णुप्रसाद घिमिरे (कल्पित) सहित राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक विष्णुप्रसाद नेपाल र पर्दाफास डटकम अनलाइनका संस्थापक दीपक खरेललाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरेका हुन् ।
कल्पित छाँयाकार तथा डकुमेन्ट्रि मेकर समेत हुनुहुन्छ ।
समाजको विभिन्न विधामा विशिष्ठ योगदान पुर्याउने महानुभावलाई सेना दिवसका अवसरमा प्रधानसेनापति प्रशंसा पदक प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।















