राष्ट्रपतिको आह्वानमा शीतल निवासमा दिवाभोज : प्रधानमन्त्रीदेखि प्राय नयाँ सांसद सहभागि

Getting your Trinity Audio player ready...
|
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवाभोज आयोजना गरेकी छिन्। पुर्व निर्धारित कार्यक्रम अनुसार, राष्ट्रपति शीतल निवासमा दिवा भोज आयोजना गरिएको हो ।
चियापान तथा दिवाभोज कार्यक्रममा संघीय सांसदसँगै विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति छ।
उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, एकिकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव नेपाल लगायत सरकारका मन्त्री तथा सांसद शीतल निवासमा उपस्थिति भएका छन्।
राष्ट्रपति भण्डारीले दोस्रो कार्यकाल सकिनुअघि नवनिर्वाचित सांसदहरूललाई शीतल निवास बोलाएर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएकी हुन् ।
यसअघि नै फोन तथा म्यासेजमार्फत संघीय संसदका नवनिर्वाचित सांसदहरूलाई चियापान कार्यक्रमको निम्तो दिइएको थियो ।
उनको कार्यकाल २८ फागुनमा सकिँदैछ ।
फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भइसकेकाले राष्ट्रपति भण्डारीले चियापान कार्यक्रममार्फत् बिदाइको संकेत दिएकी हुन्।