गठबन्धनले प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म मात्रै थेग्छ : नेपाल

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा –एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म मात्रै थेग्ने दाबी गरेका छन् ।
ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको भन्दै उनले राष्ट्रपति निर्वाचनअघि नै गठबन्धन टुट्ने अवस्था रहेको जिकिर गरे ।
‘‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्योभन्दा पहिले नै हामीले देखिरहेका छौं–खटपट सुरु भइसकेको छ । यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो ।’’ नेता नेपालले भने ।
अध्यक्ष नेपालले संसद्को रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरू, राजतन्त्रको वकालत गर्नेहरू, संविधान र नियमको पालना नगर्नेहरू सरकारमा रहेको आरोप लगाए ।
नेपाललाई हिन्दु राष्ट्रमा परिणत गर्ने कुरा गरिएता पनि त्यसलाई कार्यन्वयन नगर्दा संकटको सन्देश दिने उनको भनाई छ ।