यी ६ कागज पत्र तयार भयो ? त्यसो हो भने ट्याक्स फाइल गर्नुस : केशब बराल

Getting your Trinity Audio player ready...
|
भर्जिनिया,अमेरिका / अमेरिकामा अहिले ट्याक्स रिटर्न फाइल गर्ने सिजन हो । जनवरी २३ तारिक देखि ट्याक्स फाइल गर्न शुरु भएको छ।
ट्याक्स रिटर्न भनेको आन्तरिक राजस्व सेवामा (आइआरए) दाखिला गरिएको फारम हो जसले आम्दानी, खर्च र अन्य प्रासंगिक करको रिपोर्ट गर्दछ।
यो नागरिकको दायित्व पनि हो। अमेरिकामा वैधानिक रुपमा कमाइ गर्नेले आफ्नो वर्ष भरीको कमाइ र परिवार संख्याको आधारमा थप कर तिर्ने वा अग्रिम तिरेको कर पनि फिर्ता पाउने भन्ने निर्धारण गर्छ।
अमेरिकामा ट्याक्स फाइल गर्नु अगाडि तपाईले कम्तिमा पनि यी ६ प्रकारका कागजात तयार गर्नु पर्ने हुन्छ।
डब्लु टु
अमेरिकामा ट्याक्स फाइल गर्दा अनिवार्य कागजमा डब्लु टु फारम हो। यो तपाईको रोजगारदाता कम्पनीले जनवरी भित्रमा तपाईको ठेगनामा पठाउछ। कतिपय अवस्थामा तपाईको कम्पनीको साइडमा गएर पनि यो फारम डाउनलोड गर्न सक्नु हुने छ। डब्लु टु फारममा तपाईले वर्षभरी कति कमाउनु भयो र कति आय कर तिर्नु भयो भन्ने उल्लेख हुन्छ।
१०९५ ए
यदी तपाईले मार्केटपेल्सबाट स्वास्थ बीमा लिनु भएको छ भने ट्याक्स फाइल गर्दा अनिवार्य अर्को कागज पत्र हो १०९५ ए फारम । सामान्यतय हुलाकबाट यो फारम तपाईको ठेगनामा आउछ। यदी आएको छैन भने तपाईले अनलाइनमा गएर डाउनलोड गर्नु पर्ने हुन्छ। healthcare.gov मा तपाईले आफ्नो खाता बनाउन सक्नु हुने छ र त्यहाँबाट १०९५ ए फारम डाउन लोड गर्नु सक्नु हुनेछ।
तपाईले प्रयोग गरेको स्वास्थ बीमा मेडिकेड, मेडिकेयर वा कामबाट किनिएको हो भने १०९५ ए फारम नभए पनि ट्याक्स फाइल गर्न मिल्छ।
स्टक कारोवार
तपाईले वित्तिय क्षेत्रमा लगानी गर्नु भएको छ भने सोको जानकारी पनि ट्याक्स फाइल गर्दा बुझाउनु पर्ने हुन्छ। जस्तै कुनै कम्पनीको सेयरमा तपाईको लागनी छ भने त्यो उल्लेख गर्नु पर्ने हुन्छ।
रवीनहुड्,अम्रिट्रेड,बिट्क्वाइनको वेव साइड वा एपमा आफ्नो खाता खोलेर ट्याक्स फाइल गर्दा आवश्यक पर्ने फारम डाउनलोड गर्न सक्नु हुन्छ।
१०९९ फारम
डब्लु टुमा काम नगरेका, स्वरोजगारहरुले १०९९ फारमबाट ट्याक्स फाइल गर्न सक्छन्। यो फारम पनि काम गर्ने कम्पनीबाट जारी हुन्छ।
अमेरिकामा ६ सय डलर भन्दा बढी कमाई भएमा कम्पनीले १०९९ फारम जारी गर्नु पर्छ।
विषेश गरि ट्याक्सी चालक, उबर र लिफ्ट चालकहरुले १०९९ प्राप्त गर्दछ। यस्तै डोरड्यास लगायत विभिन्न कम्पनीको माध्यमबाट फुड् डेलिभरी गर्नेहरुले पनि १०९९ फारम बुझाउनु पर्ने हुन्छ।
१०९८–टी
तपाईको घरमा कोही कलेज पढ्दै गरेको विद्यार्थी छन् भने तपाईले १०९८ टी फारम पनि ट्याक्स फाइल गर्दा बुझाउनु पर्ने हुन्छ। बार्षिक शिक्षण शुल्क तिरे वापतको रकम जसलाई एजुकेशन क्रेडिट, त्यो पाइन्छ। त्यस्तो रकम बढीमा २५ सय डलर सम्म हुन्छ।
घर वा गाडीको मोर्गेज
अमेरिकामा घर छ र तपाईले मोर्गेज तिर्नु भएको छ भने त्यो पनि ट्याक्स फाइलमा समावेस गर्नु होला । तपाईको परिवारको आम्दानी सिमा भन्दा धेरै तपाईले ट्याक्स तिर्नु पर्ने अवस्थामा घर र गाडिको मोर्गेज तिरेको देखाउदा ट्याक्स रिटनमा फाइदा हुन्छ।
अमेरिकी कर कार्यलयले व्यवसायीका लागि मार्च १५ र व्यक्तिगतका लागि अफ्रिल १८ सम्मका लागि कर दाखिला समय तोकेको छ। तर पूर्व जानकारी दिएर ६ महिना सम्मका लागि समय अवधी थपगर्न सकिनेछ।
तपाईले वर्षमा न्यूनतम पनि ६ हजार दुई सय डलरको ट्याक्स फाइल गर्नु भयो भने सोसियल सेक्युरेटी बेनिफिटका लागि बार्षिक ४ अंक पाउनु हुने छ।
अमेरिकामा सोसियल सेक्युरेटी बेनिफिटका लागि दश वर्ष काम गरेको र ४० अंक पुराएको हुनु पर्दछ।
(नोट : बराल, किया एकाउन्टिन एण्ड ट्याक्स सर्भिस एलएलसीमा आवद्द छन् : सम्पादक)