आत्मदाहको प्रयास गर्ने आचार्यको अवस्था चिन्ताजनक

Getting your Trinity Audio player ready...
|
काठमाडौं- आत्मदाहको प्रयास गर्ने प्रेम आचार्यको उपचारमा कुनै पनि कसर बाँकी नराख्न चिकित्सक सुरेन्द्र जंग बस्नेतलाई राज्यमन्त्री तोसीमा कार्कीले फोन गरेकी छन्।
किर्तिपुर सामुदायिक अस्पतालमा उपचाररत आचार्यको ८० प्रतिशत भाग जलेकोले उनको अवस्था चिन्ताजनक रहेको तिकित्सकले जानकारी गराएका थिए। मन्त्री कार्की बिरामीको स्वास्थ्य अवस्था बुझ्न हस्पिटल जाँदैछिन्।
अवस्था चिन्ताजनक रहे पनि हालसम्म आचार्य होसमा नै छन्।