फागुन २५ मा राष्ट्रपति चुनाव गराउने निर्वाचन आयोगको तयारी
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको चुनाव फागुन २५ मा गर्ने गरि तयारी अघि बढाएको छ । आयोगका पदाधिकारीले प्रधानमन्त्रीसंगको अब हुने छलफलमा राष्ट्रपति निर्वाचनका लागि सोही मिति प्रस्तावित गर्ने मनस्थिति बनाएको आयुक्त रामप्रसाद भण्डारीले बताए ।
आयुक्त भण्डारीले भने, ‘आयोगले फागुन २५ मा राष्ट्रपति निर्वाचन गराउने हिसाबले तयारी थालेका छौं। यद्यपि, निर्वाचनको मिति तोक्ने विषयमा सरकारसँग एक चरणको छलफल भइसकेको छ। अब फेरि छलफल गर्नुपर्ने देखिएको छ । दुई, तीन चरण सरकारसँग छलफल गरेपछि बल्ल निर्वाचनको मिति तोकिने छ ।’
वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम
राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने प्रावधान रहेको छ ।