अख्तियारका पूर्वआयुक्त पाठक र लम्बोदर न्यौपाने भ्रष्टाचारी ठहर, ३ वर्ष कैद र ३९ लाख जरिवाना

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद र ३९ लाख जरिवानाको फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले पाठकलाई दोषी ठहर गरेको हो ।
नेपाल इन्जिनीयरिङ कलेजको जग्गा विवादमा ७८ लाख घुस लिएको आरोपमा पाठकमाथि मुद्दा दायर भएको थियो ।
अख्तियारको आयुक्त भएकै बेलाको मुद्दा भएकाले थप ३ महिना कैद हुने समेत फैसलामा उल्लेख रहेको योगीले बताए ।
यसै प्रकरणमा नेपाल इन्जिनीयरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि समान ३ वर्ष कैद र ३९ लाख जरिवाना सुनाइएको छ ।