प्रावधिक समस्याका कारण अमेरिकाका सबै आन्तरिक उडान भर्ने विमान ग्राउण्डेड

सिष्टममा आएको खराबीका कारण अमेरिकामा अहिले सबै आन्तरिक उडानहरु ग्राउण्डेड भएका छन् ।
उडान क्षेत्रमा हुन सक्ने सम्भावित दुर्घटना टार्न संकेत दिने सिष्टममा समस्या आएपछि सबै विमान ग्राउण्डेड गरिएको फेडरल एभिएसन एड्मिनिष्ट्रेसनले जनाएको छ ।
समस्याको निराकरण गर्ने प्रयास भइरहे पनि केही घण्टा लाग्न सक्ने एफएएले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिलाई पनि यसबारेमा ब्रिफिङ् भइसकेको र प्रारम्भिक अनुसन्धानमा साइबर आक्रमण नभएको एफएएले जनाएको छ ।