यो वर्ष विश्व आर्थिक वृद्दिदर १.७ प्रतिशत मात्रै हुने तर दक्षिण एसियाका केही राष्ट्रको वृद्दिदर भने ५ प्रतिशत माथि नै रहने

काठमाडौं । विश्व बैंककले यो वर्ष विश्वकै अर्थतन्त्रमा गहिरो मन्दि आउने चेतावनी दिएको छ र यसको प्रभाव लामो समयसम्म रहने प्रक्षेपण गरेको छ । यो वर्षको लागि पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो संकेत गरेको हो ।
विश्व बैंकका अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने छ । यो विश्व बैंकले ६ महिना अगाडि गरेको प्रक्षेपणको तुलनामा धेरै कम हो । त्यसबेला अर्थतन्त्रको वृद्धिदर ३ प्रतिशत रहने अनुमान थियो ।
तर चालु आर्थिक वर्षमा केही सार्क राष्ट्रहरुको वृद्दिदर भने राम्रै देखिएको छ । हेर्नुस् विश्व बैंकको प्रक्षेपणः
- माल्दिभ्स : ८.२ प्रतिशत
- भारत : ६.९ प्रतिशत
- बंगलादेश : ५.२ प्रतिशत
- नेपाल : ५.१ प्रतिशत
- भुटान : ४.१ प्रतिशत
- पाकिस्तान : २ प्रतिशत
- श्रीलंका : –४.२ प्रतिशत
- अफगानिस्तान : तथ्यांक छैन
विश्व बैंकका अनुसार नेपालमा भने अहिलेसम्मको अवस्थाबाट अर्थतन्त्र स्थिर रहने अनुमान छ । नेपालले चालु आवमा ५.१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने विश्व बैंकको प्रक्षेपण छ ।
नेपालबारे विश्व बैंकको प्रक्षेपणमा भने परिवर्तन गरिएको छैन । दक्षिण एसियाली मुलुकमध्ये यस वर्ष नेपाल भन्दा माथि माल्दिभ्स, भारत र बंगलादेशको आर्थिक वृद्धि राम्रो रहने छ । श्रीलंकाको आर्थिक वृद्धिदर भने नकारात्मक नै रहने विश्व बैंकको अनुमान छ ।