आज सार्वजनिक बिदा

Getting your Trinity Audio player ready...
|
काठमाडौं । सरकारले पृथ्वी जयन्तीका अवसरमा आज (पुस २७) सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सूचना जारी गरी पुस २७ गते सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो।
यही पुस २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबमोजिम सार्वजनिक बिदा दिइएको हो।
पृथ्वी जयन्तीका अवसरमा बुधबार नेपाल राज्यभरका साथै विदेशस्थित नेपाली राजदूतावास र कूटनीतिक नियोगहरूमा सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ।