अर्को संसद बैठकमा सभामुखको निर्वाचन गर्ने संसद सचिवालयको घोषणा

काठमाडौं । संसद सचिवालयले अर्को बैठकमा सभामुखको निर्वाचन गर्ने घोषणा गरेको छ । अर्को बैठक माघ ५ गतेको लागि तोकिएको छ ।
संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।