कांग्रेससंग कुनै सहमति भएको छैनः प्रचण्ड

Getting your Trinity Audio player ready...
|
काठमाडौं । प्रचण्ड बहुमतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका पुष्पकमल दाहालले कांग्रेसले आफुलाई समर्थन गर्ने क्रममा कुनै सम्झौता नगरेको प्रस्टिकरण दिएका छन् ।
संसद भवनबाट बाहिरिने क्रममा दाहालले कांग्रेसले कुन सर्तमा विश्वासको मत दियो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने ‘कुनै सर्त छैन ।’
विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको पनि प्रधानमन्त्री दाहालले रक्षा गरेका छन् । ओली र आफूबीच कुनै मतभेद नरहेको पनि उनले दाबी गरे ।
दाहालले संसद्मा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको पनि बताए । उनले भने, ‘मैले जे प्रतिबद्धता जाहेर गरेको छ त्यो पूरा गर्न विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको छ । ती प्रतिबद्धता पूरा गर्ने उर्जा दिएको छ ।’