संसदमा प्रचण्डले पाए ९९ प्रतिशत मत र समर्थन

काठमाडौं । मंगलवार प्रधानमन्त्री बन्नको लागि विश्वासको मत लिने क्रममा पुष्पकमल दाहालले इतिहास रचेका छन् । नेपालको संसदीय इतिहासमा सबै भन्दा धेरै विश्वासको मत पाउने पहिलो प्रधानमन्त्री दाहाल बनेका हुन् ।
मंगलवार भएको मतदानमा उनले कुल २७० मध्ये २६८ मत आफ्नो पक्षमा पाए भने २ मत उनको विपक्षमा खसेको थियो ।
प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।
प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् ।