प्रचण्डलाई मत दिन कांग्रेसको ह्वीप

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनका लागि ह्वीप लगाएको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेका हुन् ।
सचेतक लेखकले दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्नका लागि सांसदहरूकाे हस्ताक्षर संकलन गरेका थिए ।
हस्ताक्षर गर्नेकाे सूचीमा पहिलो अर्जुननरसिंह केसी, दाेस्राे रामहरि खतिवडा, तेस्रो दीपक गिरी, चाैथाे विश्वप्रकाश शर्मा र पाँचौ गगन थापा रहेका छन् ।
कार्यसम्पादन समितिमा महामन्त्रीहरू र अरु केही नेताले असहमति जनाएका थिए । ह्वीपमा भने सबैले सहमति जनाएका छन् ।