सोमनाथ घिमिरे न्यू अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष नियुक्त
न्यूयोर्क,अमेरिका / गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे न्यू अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष नियुक्त भएका छन्।
अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडेन र कमला ह्यारिसको चुनावी अभियानमा सक्रियता पूर्वक लागेको, न्यूयोर्कमा स्थानीय र राज्यस्तरीय चुनावमा गरेको विशेष भूमिकाको मुल्याङ्कन गर्दै घिमिरेलाई सो पदमा मनोनयन गरिएको हो।
राजनैतिक सक्रियताको अलवा फाउन्डेनशन मार्फत लामो समयदेखी जुझारू र सशक्त टीम बनाई कोरोना कहरका बीच समेत समाजमा उल्लेखनीय योगदान पुर्याएको लगायतका पक्षहरूको मुल्यांकन गर्दै सो पदमा नियुक्त गरीएको क्लबका संस्थापक अध्यक्ष मोर्सेद अलामको भनाइ छ।
न्यू अमेरिकी डेमोक्रेटिक क्लब न्यूयोर्क राज्यकै सबैभन्दा पुरानो राजनितिक संस्था दक्षिण एसियाली अमेरिकन मेर्सेद अलामले सन १९९८ मा स्थापना गरेका हुन्।
मोर्सेद अलाम पर्यावरण रसायनज्ञ हुन्। उनीमा न्यूयोर्कको मतदाता सहायता आयोगको पूर्व आयुक्त र सामुदायिक विद्यालय बोर्ड-२९ मा कोषाध्यक्ष र उपाध्यक्षको रुपमा काम गरेको अनुभव पनि छ।
यस्तै न्यूयोर्क राज्यको इतिहासमा पहिलो पटक दक्षिण एसियाली पदाधिकारी निर्वाचित हुदै सन् १९९८ मा एनवाइसी सिनेटका लागि डेमोक्र्याटिक पार्टीका उम्मेद्वार भएर रिपब्लीकन उम्मेद्वार विरुद्धमा ४२ प्रतिशत मत प्राप्त गरेर अमेरिकी राजनीतिक सर्कलमा आश्चर्यचकितनै पारेका थिए।
अध्यक्ष आलमले, उपाध्यक्ष पदमा नियुक्त भएकोमा घिमिरेलाई बधाई दिँदै क्लबलाई अझ ससक्त रुपले सबै कार्यकारी सदस्यहरू सँग सहकार्य गरी आगामी रणनीति एवं कार्यदिशामा सम्बद्द सबैलाई समेटी डेमोक्रेटिक पार्टीमा दक्षिण एसियाली मतदाताहरूको संख्या शसक्त ढंगले अझै धेरै बढाउॅंदै हाम्रो प्रभावकारीता थप उचाईमा पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
यस्तै फाउन्डेशनका अध्यक्ष सुवर्ण लामाले घिमिरेको नियुक्तिमा खुसी व्यक्त गरेका छन्। ‘अमेरिकामा जिपी कोईराला फाउन्डेशन मार्फत सामाजसेवामा खटिनु भएका घिमिरेलाई क्लबको उपाध्यक्षमा मनोनयन गरिएको सुखद खवरले फाउन्डेशन परिवारमा उर्जा एवं हौसला बढाएको छ।’ लामाले भने ।
उनले घिमिरेलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका छन्। ‘आगामी दिनमा क्लले समाज विकास र परिवर्तनमा उल्लेखनीय योगदान पुर्याउने कुरामा फाउन्डेशन अमेरिका परिवार विश्वस्त छ।’ लामाले भने।















