पेन्सिलभेनियाको ल्यानक्यास्टरमा सोनाम ल्होछार फेब्रुअरी चारमा
|
Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर,पेन्सिलभेनिया / अमेरिकाको पेन्सिलभेनियामा सोनाम ल्होछार फेब्रुअरी चार तारिक भनाइने भएको छ।
तामाङ समाज ल्यानक्यास्टरको आयोजनामा बाघ वर्गलाई विदाई गरि बिरालो वर्गलाई स्वागत गरिने २८५९ औं सोनाम ल्होछार संयुक्त रुपमा धुमधाम बनाउन लागिएको हो।
समाजका अध्यक्ष मन पाख्रिङ्ग (तामाङ) का अनुसार फेब्रुअरी चार तारिक शनिवार दिँउसो १२ देखि ६ बजे सम्म ल्यानक्यास्टर वरपर रहेका समुदायका सबै जना एकै थलोमा भेला भइ ल्होछार बनाउने कार्यक्रम तय भएको छ।
कार्यक्रम ल्यानक्यास्टरको कोलम्बिया एभिन्युमा रहेको नमस्ते रेष्ट्ररेण्टमा हुने छ।
ल्होछार कार्यक्रममा सांगितिक प्रस्तुति पनि रहने अध्यक्ष पाख्रिङको भनाई छ। राष्ट्रिय स्तरमै ख्याति कमाएका गायक सञ्जोक योञ्जन पनि सोही दिनको कार्यक्रमका लागि विषेश अतिथिको रुपमा ल्यानक्यास्टर आउने भएका छन्।
यस्तै गरि गायक करन तामाङ,तेन्से योञ्जन,मान्धोज मोक्तानले पनि प्रस्तुति दिने छन्। डम्बर भट्टराई र मेलिना मोक्तानले पनि नृत्य मार्फत मनोरञ्जन दिने छन्।
अध्यक्ष पाख्रिङका अनुसार कार्यक्रममा प्रवेस निशुल्क गरिएको छ।













