‘उपहारको फोन र ल्यापटपमा भन्सार अनिवार्य’ खारेज गर : प्रवासी नेपाली मञ्च
पेन्सिलभेनिया, अमेरिका / सत्तारुढ नेकपा एमालेको विदेश स्थित संगठन प्रवासी नेपाली मञ्च,अन्तर्राष्ट्रिय कमिटीले ‘उपहारको फोन र ल्यापटपमा भन्सार अनिवार्य खारेज गर्न माग गरेको छ।
सरकारले विदेशबाट नेपाल जादा एक भन्दा बढी फोनमा भन्सार लगाउने निर्णय गरेको छ। कमिटीका अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पाले बिहिवार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको निर्णय प्रति आफुहरुको ध्यानाकर्षण भएको जनाएका हुन्।
‘विदेशमा वर्षौसम्म रगत र पसिना बगाएर आफ्नो जहान परिवारलाई एउटा मोबाईल र छोराछोरी लागि एउटा ल्याउँदा पनि भन्सार लिनु भनेको प्रवासी श्रमजीवी नेपालीहरुमाथिको निर्मम शोषण हो’ विज्ञप्तिमा भनिएको छ।

नेपालमा आजदेखि लागु भयो एमडिएमएस, दर्ता नभएका मोबाइल नचल्ने
पुस १५ गतेपछि भन्सार घोषणा नगरि विदेशबाट ल्याएका मोबाइल नचल्ने















