गृहमन्त्री लामिछानेको ४८ घण्टे निर्देशनपछि सुरक्षाकर्मी फिर्ता हुन थाले
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको ४८ घण्टे निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मी कहाँ मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालिएका छन् । कार्यविधिमा व्यवस्था भएभन्दा विपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता हुन थालेका हुन् ।
बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४ सुरक्षाकर्मी प्रहरी/सशस्त्र प्रहरी प्रधान कार्यालय, नक्सालमा हाजिर गराइएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।
यस्तै गृह मन्त्रालयबाट ३१ जना चालक हेडक्वार्टर फर्किएको डिआइजी राईले जानकारी दिए ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न भनेको थियो । त्यसअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता गरेको हो ।
राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरुले पनि मापदण्ड विपरित सुरक्षाकर्मी राखेका छन् । तर, मन्त्रालयले उनीहरुको हकमा केही बोलेको छैन ।
केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेताहरुको सुरक्षामा मापदण्ड विपरित खटिएकालाई पनि फिर्ता बोलाउने निर्णय भएको थियो । त्यही अनुसार हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा खोसिएपछि उनले आफ्नो सुरक्षामा जनमुक्ति सेना राखेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सुरक्षाकर्मी कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
















