नेपालको नयाँ सरकारसंग मिलेर काम गर्न तयार छौः भारत
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
नयाँ दिल्ली । भारत सरकारले नेपालमा यसै साता गठन भएको नयाँ सरकारसंग मिलेर काम गर्न तयार रहेको बताएको छ ।
बिहीवार भारतीय विदेश मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सोधिएको प्रश्नको उत्तर स्वरुप बताए, “…तपाईंहरुले पुरानै कुरा सोध्नु भयो। नेपालमा हालै प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डलाई हाम्रा प्रधानमन्त्रीले बधाई दिइसक्नु भएको छ । नेपाली प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई जवाफ दिइसक्नु भएको छ। दुवै देशबीच गहिरो सम्बन्ध बनाउन चाहने कुरा प्रचण्डले बताइसक्नु भएको छ।”
उनले भारत नेपालको नयाँ सरकारसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउने पक्षमा रहेको पनि बताए । “घनिष्ठ छिमेकी नेपालसँग द्विपक्षीय सम्बन्ध बढाउने कुरामा हामी कुनै कमी गर्दैनौँ’, उनले भने, ‘द्विपक्षीय सम्बन्ध बढाउन हामी प्रचण्डजीको सरकारसँग मिलेर काम गर्न तयार छौँ।”
उनले पहिले पनि नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर रहेको कुरा दोहोर्याए। “हामीले पहिले पनि भनेका छौँ नेपालको नयाँ सरकारकसँग काम गर्न तयार छौँ । नेपालको नयाँ सरकारलाई हामीले बधाईकै क्रममा यो सन्देश दिइसकेका छौँ।”















