काठमाडौं महानगरले सार्वजनिक गर्यो बालेनलाई अमेरिकी राजदूतसँग भेट्न परराष्ट्रले दिएको अनुमति पत्र
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेट्न परराष्ट्र मन्त्रालयसँग अनुमति मागेको पत्र सार्वजनिक भएको छ । अमेरिकी दूतावसले मेयर बालेनसँग भेट मिलाइदिन परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको पत्र सार्वजनिक भएको हो ।
बालेनको सचिवालयबाट सार्वजनिक गरिएको पत्रमा गएको कात्तिक २८ गते नै अमेरिकी दूतावासले बालेनसँगको भेटका लागि समन्वयन गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको देखिन्छ ।

परराष्ट्र मन्त्रालयले मंसिर ६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समन्वय गरिनदिन आग्रह गर्दै पत्र लेखिको देखिन्छ ।
सोही दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरलाई अमेरिकी दूतावासको आग्रहअनुसार आवश्यक समन्वय गर्न भन्दै पत्र लेखिएको छ ।
एमाले नेता भीम रावलले अमेरिकी राजदूतसँग बालेनको भेटलाई लिएर प्रश्न गरेपछि बालेनको सचिवालयले परराष्ट्र मन्त्रालयको अनुमतिपछि मात्र भेट भएको बेहोराको पत्र नै सार्वजनिक गरिदिएको हो ।

भीम रावललाई बालेनको जवाफ : तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन














