अमेरिकी द भ्याइसमा पारिजिता बास्तोलाको दमदार प्रस्तुति, ब्याटल्सबाट अगाडि बढिन् (भिडियो सहित)

Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया, अमेरिका / नेपाली मुलकी पारिजिता बास्तोला विश्व चर्चित टेलिभिजन सांगीतिक कार्यक्रम द भ्वाइसको व्याटलराउण्ड पार गर्न सफल भएकी छिन्।
नेपालको झापा पूर्ख्यौली घर भएकी पारिजिता अमेरिकामा जन्मिएकी हुन्। उनी मेरिल्याण्ड राज्यमा बाबु आमा सँग बस्दै आएकी छिन्।
द भ्वाइस विश्व कै चर्चित सांगितिक कार्यक्रम हो । अमेरिकामा द भ्वाइसले २२ औं सस्करणको यात्रा गर्दा पहिलो पटक नेपाली मुलका व्यक्तिले यो सफलता पाएको हो। ब्याटल्समा ‘द मार्लिन्ड्स बी गीज’ र पारिजिता बास्तोला आमनेसामने भए थिए।
मंगलवार प्रशारण भएको कार्यक्रममा १७ वर्षीया पारिजितालेले द मार्लिन्ड्सलाई पछाडि पारिन। उनीहरुले बी गिजको कति गहिरो तिम्रो माया (हाउ डिप इज योर लभ) गाएका थिए।
कोच जोन लिजेन्डले पारिजितालाई छानेका हुन्। शुरुमा कोच जोन अलमलमा परेका देखिन्थे। दुवै जनाको प्रस्तुति राम्रो भएको र छनौटका लागि कठिनाइ भएको उनले बताएका थिए।
उनले युवा व्यक्तिबाट अभूतपूर्व प्रस्तुति भएको बताए।