स्वर्णीम वाग्लेले देउवालाई दिएको कितावमा के छ ?
काठमाडौं/ युवा अर्थशाश्त्री स्वर्णीम वाग्ले राजनीतिक वृत्तमा लोकप्रिय छन् । उनी नेपाली कांग्रेसबाट चुनाव लड्न लागिपरे । उनले गोर्खा वा चितवनबाट टिकट पाउने प्रक्षेपण गरियो । यति सम्मकी महामन्त्री गगन थापा सर्लाही जाने र वाग्लेलाई थापाको क्षेत्र काठमाडौं ४ बाट कांग्रेसको उमेदवार बनाउने भनियो।
तर वाग्लेले टिकट पाएनन। अझ भनौ कांग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले वाग्लेलाई टिकट दिएनन् ।
आफ्नी पत्नी आरजु राणाले नरुचाएको कारण टिकटको बिरुध्द प्रधानमन्त्रीको ‘भिटो’ नै प्रयोग भएको मानियो।
टिकटमा ‘भिटो’ प्रयोगको प्रसंङ्ग स्वयम वाग्लेले पनि उठाएका छन्। ‘टिकट, पुस्तक र संस्कार’ शिर्षकमा वाग्लेले सामाजिक सञ्जालमा स्टाटस नै लेखेका छन्, ‘मलाई चुनाब लडाउने प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले भिटो (रोक) नै लगाउनुभएको थियो भन्ने देशव्यापी समाचारका माझ आज वहाँलाई आफ्नो सम्पादित पुस्तक [The Great Upheaval] दिने मौका मिल्यो। एक पल रमाइलो गफ भयो, विषय, पात्र र परिस्थितिबारे।’
आफू विरुद्द ‘रुष्ट’ भनिएका देउवालाई वाग्लेले भेटेरै दिए किताव ‘द ग्रेट अपहिभल’ । जसलाई प्रधानमन्त्रीले हार्दिकतापूर्वक स्विकार गरे । आखिर के छ त उक्त कितावमा ।
युएनडिपी र क्याम्ब्रिज विश्वविद्यलय प्रेसले प्रस्तुत गरेको
यो पुस्तक बिभिन्न बिषयबारे १३ इकाइमा संयोजन गरिएको छ । कोविड १९ पछि बिकासको दिगोपनमा पर्ने प्रभावका बारे केन्द्रित छ । कितावमा मानव बिकासको बिषयलाई बिभिन्न तहमा बिश्लेषण गरिएको छ ।
बिकास यस्तो बिषय हो, जहाँ मानव बिना केही संभव छैन । त्यसैगरी संस्था बिना बिकासको दिगोपनको संभावना छैन । समाजको सुसंस्कृत बिकासका लागि ध्यान दिनुपर्ने पक्षबारे कितावमा केस्रा-केस्रा केलाइएको छ ।
कितावका बारेमा युएनडिपीका प्रशासक अचिन स्टेइनरले यस पुस्तकको परिचयमै खुलाएका छन् । यो बिकासमा विप्लप चाहने नीति निर्माताहरुका लागि लक्षित छ । अचिनले उद्धेश्य बारे लेखेका छन् ‘अबका जनता र जगतका निमित्त महत्वकांक्षी नीति र योजना तय गर्न कठिनतम् चुनौतीको सामना गरिरहेकाहरुलाई सहयोग गर्ने ।’
बिकास र संबृद्धिका लागि व्यक्ति समाज र राज्य तहसम्मको संप्रभौमिकतामा नै फरक पार्न सक्ला कि नसक्ला ? भन्ने बारेको बिश्लेषण छ ।
मानव बिकास र जीवनशैलीलाई वातावरण र मौसम परिवर्तनका बिषयलाई रोचक ढंगबाट प्रस्तुत गरिएको छ ।
दक्षिण एसियाको सन्दर्भमा बसाँइसराइ र सामाजिकीकरणलाई ठूला सम्राट र शक्तिशाली नेतृत्वले नसकेको परिर्वतन लाम्खुट्टेका कारण संभव भएको प्रसंग अचम्म लाग्ने छ । किताव तथ्य र घटनाका बिवरणले प्रमाणिकता र बिश्वशनिय बनेको छ ।
‘डिजिटल इकोनोमिक’ले जीवन स्तरका फरक आयममा पार्ने परिवर्तनबारे अनुमानहरु आशा लाग्दा छन् । सन् २०३० सम्म ‘इन्फर्मेसन सुपर हाइवे’का लागि हुने ४ सय २८ बिलियन युएस डलरको लगानीले ल्याउन सक्ने लहरबारे ब्याख्या छ ।
बिकाससम्वन्धी अध्यानका दृष्टिमा १३ वटै इकाइ महत्वपूर्ण छन् । यद्यपि इकाइ ५ को शीर्षकले भने नेपालीहरुको ध्यान अझ तान्न सक्छ । ‘के दक्षिणपूर्वी एसिया ल्याटिन अमेरिकन जीवन शैली र मध्यम स्तर आयको जालमा फस्छ ?’ लेखक जोसे गाब्रिएल र जोनाथन पिन्कसले ‘मिडल इन्कम ट्राप’बाट उम्किएका २० र ‘ट्राप’मा फसेका १२३ देशहरुको सचित्र व्याख्या गरेका छन् ।
उक्त इकाइ ५ मा लेखकले ‘मिडल इन्कम ट्राप’मा फसेका देशहरुको प्रसंगमा श्रमिक उत्पादन गर्ने थलोका रुपमा परिणत भएको उल्लेख मात्रै गरेका छैनन् । यस जालोबाट उम्कन भियतनाम र इन्डोनेसियाले ‘न्यूयोफोबिया’ ग्रस्त अवस्थाबाट कसरी राहत पाए भन्ने व्याख्या छ । सन् १९८६ पछि भियतनाम र इन्डोनेसियाले गरेको सुधारको उपायहरु र उत्पादनशिलतामा देखिएको प्रगति तुलनात्मकरुपमा प्रस्तुत गरिएको छ ।
यस्तै, यो जालोबाट उम्कन अपनाउन सकिने ‘अर्थोडक्स इकोनोमिक पोलिसिज’का उपायहरु उदरीकरण, व्यापार, वित्त, बजार तथा सरकारको लोककल्यणकारी भूमिकाकाबारेमा पनि समेटेको छ ।
४ सय ३० पेजको यस कितावमा कोभिड पछि मानव सुरक्षा, जनस्वास्थमा पहुँच, सार्वजनिक सेवामा पहुँच, समान अवसर, नीति निर्माणका बहुआयामिक पक्षहरु, गरिबीका सूचकहरु, बिकासका मापदण्ड एवम् दक्षिण एसियाली राष्ट्रबीचको संयोजन जस्ता बिषयहरु पनि समेटिएका छन् ।
स्वर्णिम शैली: देउवालाई दिए किताब