गायक राजेश पायल राई, राजु लामा र कलकर्मी सरिता लामिछाने पेन्सिलभेनियाको ल्यानक्यास्टर आउदै
|
Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया, अमेरिका । चर्चित गायक राजेश पायल राई, मंगोलियनहटका राजु लामा तथा अभिनेत्री सरिता लामिछाने पेन्सिलभेनियाको ल्यानक्यास्टर आउने भएका छन्।
नेपालीको महान पर्वको उपलक्ष्यमा आयोजना हुने ‘दशै-तिहार धमाका’ कार्यक्रममा सहभागि हुन उनीहरु ल्यानक्यास्टर आउन लागेका हुन्।
युवा व्यवसायी प्रेम बराल, मनिष उप्रेति र शा गुरुङले यो कार्यक्रम आयोजना गर्न लागेका हुन्। दशै र तिहारको बीचमा पारेर अक्टोबर १६ तारिक आइतवार ल्यानक्यास्टरको मेनहाइम स्थित जङ्सन रोडमा रहेको जङ्सन सेन्टरमा साँस्कृतिक कार्यक्रम हुने छ। झण्डै सात सय दर्शक क्षमता भएको हलमा कार्यक्रम गर्न लागिएको हो।
आयोजक प्रेम बरालका अनुसार आइतवार दिउसो २ बजे देखि साँझ ८ बजे सम्म कार्यक्रम राखिएको छ। कार्यक्रममा राजेश पायल राई, राजु लामा तथा अभिनेत्री सरिता लामिछाने सहित स्थानीय कलाकारले मनोरञ्जन गराउने छन्।

दशैं तिहार भब्य मनाउन गतवर्षहरुमा जस्तै यस पटक पनि कार्यक्रम आयोजना गर्न लागेको बरालले बताए। ‘विदेशमा भए पनि चाडवाड त मनाउनै पर्यो, घर घरमा त छदैछ समुहमा पनि चाड मनाउने चलनलाई निरन्तरता दिन खोजिएको हो।’
कार्यक्रमको प्रवेस निशुल्क गरिएको छ। ‘खर्चको हामी आफै व्यवस्था गर्छौ, समुदायलाई चाडबाडमा रमाइलो गराउनु नै हाम्रो उदेश्य हो त्यस कारण प्रवेस शुल्क नराखिएको हो।’ बरालले भने, ‘गतवर्ष पनि हामीले निशुल्क नै गराएका हौ।’
सांगितिक कार्यक्रमको संचालन मनिष उप्रेतिले गर्ने छन्। कार्यक्रमको समाज टाइम्सले फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गर्ने छ।












