फिलाडेल्फियामा पक्राउ पूर्जी जारी गर्न गएका तीन प्रहरी माथि गोली प्रहार,संदिग्ध मारिए

पेन्सिलभेनिया,अमेरिका/ पेन्सिलभेनिया राज्यकै प्रमुख शहर फिलाडेल्फियामा एक आरोपी विरुद्द पक्राउ पूर्जी जारी गर्न गएका तीन प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ ।
फिलाडेल्फिया प्रहरीका अनुसार शहरको पोप्लरमा एक घरमा पक्राउ पुर्जी जारी गर्ने प्रयास यो घटना भएको हो।
हत्याको आरोप लागेका एक व्यक्तिलाई पक्राउ पुर्जी दिन प्रहरी उनको घरमा गएको थियो। तर ती संदिग्धले ढोका र झ्यालबाट अधिकारीहरूलाई गोली हानेको अधिकारीको भनाई छ।
प्रहरीका अनुसार १९ वर्षीय संदिग्ध पछाडिको ढोकाबाट भाग्ने प्रयास गरे गरेका थिए। तर अन्य प्रहरीले संदिग्धलाई गोली हाने र अस्पताल पुर्याउदा मृत घोषणा गरिएको थियो ।
प्रहरीले घर भित्रबाट अन्य दुई जनालाई हिरासतमा लिएको जनाएको छ।
घाइते तीन प्रहरीलाई अस्पताल लगिएको र उनीहरुको अवस्था राम्रो रहेको बताइएको छ।