एनआरएनए युकेका अध्यक्ष प्रेमगहा मगर पदमुक्त

Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया,अमेरिका। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति युकेका अध्यक्ष प्रेमगहा मगर पदमुक्त भएका छन्।
एनआरएनए अन्तर्राष्ट्रिय कमिटी (आइसीसी) ले सेप्टेम्बर १३ तारिक मंगलवार मगरलाई जिम्मेवारी मुक्त गरेको जनाएको छ।
आइसीसीका महासचिवद्वय गौरी राज जोशी र डाक्टर केशव पौडेलको संयुक्त हस्ताक्षरमा मगरलाई संबोधन गरिलेखिएको पत्रमा विधान विपरित र गैजिम्मेवारपूर्ण काम गरेको आरोप लगाइएको छ।
मगर निर्वाचित अध्यक्ष हुन्। एनआरएनए आइसीसीको विवादमा शुरु देखि नै तत्कालिन प्रमुख संरक्षक शेष घलेको पक्षमा रहदै आएका मगर आफ्नो अडानमा अहिले सम्म कायम छन्।
उनले कार्यसमितिको बहुमतको विरोध हुदाँ हुदै पनि घलेलाई प्रमुख अतिथि बनाएर एनआरएनए युकेको साधरण सभा सम्पन्न गराएका थिए।
एनआरएनएमा रहेको विवाद समाधनका लागि वार्ताको कुरा चल्दै गर्दा मगर माथि कारवाहीको डण्डा हानिएको हो।
जोशी र पौडेलले एनआरएनएको नाममा कुनै गतिविधि नगर्न सम्पत्ति दुई साता भित्र बुझाउन मगरलाई निर्देशन दिएका छन्।