नागरिकता विधेयक फिर्ता हुनुपर्छ : ओली
जनकपुर — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयक काम नलाग्ने बताएका छन् । उनले विधेयकमा धेरै प्रावधान गलत रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् ।
जन्मसिद्ध सन्तानलाई वंशजको नागरिकता दिइने प्रावधान समेटे एक/दुई दिनमै पारित हुन सक्ने पनि ओलीको भनाइ छ ।
नागरिकता विधेयकबारे देशको ठूला पार्टी(एमाले)सँग सरसल्लाह नगर्ने । संसद्मा छलफल गर्न नदिने । एमाले धनुषाद्वारा जनकपुरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै, ‘राष्ट्रपतिको कुरा नमान्ने । बाहिरका अनाडीको कुरा सुनेर विधेयक ल्याइयो छ ।’ एमाले अध्यक्ष ओलीले भने ।










