राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप माथि नाबालिग बलात्कारको आरोपमा जाहेरी
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने माथि नाबालिग बलात्कारको आरोपमा जाहेरी परेको जनाइएको छ।
कप्तान सन्दीपले कफि पिउन बोलाएर बलात्कार गरेको भन्दै पिडित नाबालिगका परिवारले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका हुन्।
कप्तान सन्दीप अहिले खेलको सिलसिलामा नेपाल बाहिर छन् । उनले नेपाल छोड्नु अघि भदौं ५ गते घटना भएको दावी गरिएको छ।
घटना अनुसार पिडित भनिएकी १७ वर्षीय बालिका होस्टलमा बस्दै आएकी हुन्। उनी र सन्दीप बीच सामाजिक सञ्जाल मार्फत चिनजान भएको हो।
सामाजिक सञ्जाल स्न्यापच्याटमार्फत सम्पर्कमा रहने सन्दीपले भेट्न बोलाएर उनी होस्टलबाट बाहिरएको बताइएको छ। तर सन्दीपले नगरकोट लगरे फेरि काठमाडौं फर्किए पछि गौशाला क्षेत्रको एक होटलमा लगि बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीको भनाई छ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्र धानुकले जाहेरी परेको पुष्टी गरेका छन् । पिडित भनिएकी नाबालिगको स्वास्थ्य परिक्षण समेत गरिएको जनाइएको छ। प्रहरीले आधिकारी रुपमा यो घटनाका बारेमा केही बताएको छैन। नेपाल बाहिर रहेका कप्तान सन्दीपले पनि अहिले सम्म कुनै प्रतिक्रिया दिएका छैनन्।












