पेन्सिलभेनियामा हुने दशैँ-तिहार कार्यक्रम : मेरो डान्सकप र भ्वाईस कपका बिजेता पनि आउने

Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया, अमेरिका । लोकप्रिय गायक राम कृष्ण ढकाल र भ्वाईस अफ नेपाल ३ का विजेता किरण गजमेर अमेरिकाको पेन्सिलभेनियामा हुने दशै-तिहार कार्यक्रममा सहभागि हुने भएका छन्।
ईनास पेन्सेलभेनिया,अमेरिकाको आयोजनामा सेप्टेम्बर १८ तारिकमा हुने कार्यक्रममा डान्सकप सिजन ४ विजेता रेनुका राई र भ्वाईस कप सिजन २ का बिजेता प्रबिन बर्देवाको प्रस्तुती पनि रहने पक्का पक्की भएको छ।
कार्यक्रम संयोजक शंकर कार्की (आलोक) अनुसार अमेरिकामा रहेका तीन पुस्तालाई एकै ठाँउमा जोड्ने गरि कार्यक्रय तय गरिएको छ। कार्यक्रम पूर्णरुपमा पारिवारिक वातावरणमा हुने छ।
जसअनुरुप अवैतनिक महावाणिज्य दूत तथा प्रसिद्ध लोक नायक प्रेमराजा महत, चर्चित नृत्याङ्गना पार्वति राईले पनि कार्यक्रममा प्रस्तुती दिने छन्। साथै स्थानीय कलाकारले पनि आफुलाई प्रमाणित गर्ने अवसर पाउने छन्।
ईनास पेन्सिलभेनियाका उपाध्यक्ष विशाल ढुंगानाका अनुसार अमेरिकामा नेपालीभाषी समुदायको बाक्लो बसोबास रहेने मध्येकै प्रमुख शहरमा पर्ने पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्गमा हुने कार्यक्रमको स्लोगन ‘दशैँ-तिहार मिट एन्ड ग्रिट’ राखिएको छ। कार्यक्रम स्कटिस राइट ,क्याथेड्रल (एएएसआर) मा दिउसो चार बजे देखि शुरु हुने छ।

ईनास पेन्सिलभेनियाका अध्यक्ष बिकाश घले गुरुङले अक्टोबरको पहिलो हप्तामा दशैँ परेकोले हिन्दु नेपालीभाषी हरुको मुख्य चाड-पर्वलाई प्रवर्दन गर्न र सबै नेपालीभाषीलाई एकजुटको सन्देश दिन यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिएका छन्।
उनले यस क्षेत्रमा बसोबास गर्ने सबै नेपालीभाषीलाई कार्यक्रममा उपस्थित भएर कलाकारलाई प्रोत्साहन दिन पनि आग्रह गरेका छन्।
‘यो सांगीतिक कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने सबैलाई गर्नु हुने दाजुभाई/दिदी बहिनि तथा सबै समुदायका सदस्यहरु तथा कलाकारहरुलाई प्रोत्साहन र हौशला प्रदान गर्न उपस्थितिको लागि अनुरोघ गर्दछु।’ ईनास पेन्सेलभेनियाद्वारा मंगलवार जारी विज्ञप्तिमा भनिएको छ।
संस्थाका कोषाध्यक्ष दिपेश ढकालका अनुसार कार्यक्रममा टिकट २५ डलर र डोरसेल ३४ राखिएको छ।