पौडेल अध्यक्ष रहेको एनआरएनए अमेरिकाको कार्यसमितिमा थप जिम्वेवारी तोकियो
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया, अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका (सीपी पौडेल अध्यक्ष)ले आफ्नो कार्यसमितिमा थप व्यक्तिलाई जिम्मेवारी तोकेको छ।
अगस्ट २८ तारिक बसेको संघको पूर्ण बैठकले कार्यसमितिको विस्तार गर्दै जिम्मेवारी तोकेको महासचिव डोरेन अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
विस्तारित कार्यसमितिमा भुवन आचार्यलाई बरिष्ठ उपाध्यक्ष तोकिएको छ। यस अगाडि सीपी पौडेल आफै बरिष्ट उपाध्यक्ष थिए। कार्यसमितिको परामर्शविना बुद्दि सुवेदी अध्यक्ष रहेको एनआरएनए अमेरिकासँग सहमति गरेको भन्दै पौडेलले तत्कालिन अध्यक्ष कृष्ण लामिछानेलाई बर्खास्त गर्दै आफैलाई कार्यवहाक अध्यक्ष घोषित गरेका थिए।
पछि जुलाई पहिलो साता टेक्सासमा भएको अभियन्ता भेलाले पौडेललाई अध्यक्ष तोकेको थियो। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)का महासचिव गौरी जोशीको रोहवरमा सुवेदी सँग भएको सम्झौता भङ्ग गरेका लामिछाने अहिले पौडल समुहमा संरक्षक छन्।
पौडैल समुहको प्रमुख संरक्षकमा एनआरएनए आइसीसीका कोषाध्यक्ष सुनिल शाह छन्। अमेरिकाज क्षेत्रका संयोजक प्रकास सापकोटाले एउटा पुरानो निर्णयलाई टेकेर नयाँ समिति गठन गरे पछि एनआरएनए अमेरिकाको विवादमा नयाँ मोड आएको हो ।
आइसीसीले तोकेको समयमा शुल्क नतिरेका कारण सुवेदी नेतृत्वको एनआरएन अमेरिका अवैध भएको र खालि रहेको स्थानमा आफुले लामिछानेको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गरेको दावी सापकोटाले गर्दै आएका छन्। सापकोटाको निर्णयमा आइसीसीका पदाधिकारी नै विभाजित छन्।
एनआरएनए अमेरिका पौडेल समुहको बरिष्ठ उपाध्यक्ष मनोनित भुवन आचार्य नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष हुन्।
यस्तै समितिको उपाध्यक्षमा नृपेन्द्र धिताल तथा सचिवमा डाक्टर शंखर बिसुन्के र हरि प्रसाद जोशी मनोनित भएका छन्। महिला संयोजकको जिम्मेवारी बविता खनालले पाएकी छिन्। सदस्यमा अमृत मिश्र, चमेली परियार, मनोज सिंह, रामबाबु गुप्ता र मिथिलेश यादव रहेका छन्।

















