हिमालयन तेक्वान्दो इन्टर स्कूल च्याम्पियनसिप अगष्ट ७ तारिक ह्यारिसबर्गमा
पेन्सिलभेनिया, अमेरिका। हिमालयन तेक्वान्दो इन्टर स्कूल च्याम्पियनसिप अगष्ट ७ तारिक ह्यारिसबर्गमा हुने भएको छ।
हिमालयन तेक्वान्दोका मुख्य संचालक तथा प्रशिक्षक नकुल शर्माका अनुसार च्याम्पियनसिपमा ह्यारिसबर्गका साथै ओहायोको एक्रोन, कोल्मबस र क्यान्टोकी राज्यमा रहेका खेलाडीले प्रतस्पर्धा गर्ने छन्।
च्याम्पियनसिपले नयाँ खेलाडीलाई एक्सपोजरको मौका दिने प्रशिक्षक शर्माको भनाई छ। शर्माका अनुसार च्याम्पियनसिपमा एक सय ५० भन्दा बढी खेलाडीको सहभागिता हुने अपेक्षा गरिको छ।
च्याम्पियनसिपमा उमेर समुह र विभिन्न वेल्टमा प्रतिस्पर्धा गराइने छ। जुलाई २० तारिक सम्ममा खेलाडीले दर्ता गरि सक्नु पर्ने प्रशिक्षक शर्माको भनाई छ।
च्याम्पियसिप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीले खेलाउने छन्।

















