मिस नेपाल प्रियंका ओएसिस एजुकेशनको ब्राण्ड एम्बेसडरर
गणेश थापा।
क्यालिफोर्निया / मिस नेपाल प्रियंका रानी जोशी ओएसिस एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर भएकी छिन् ।
ओएसिस विश्वका विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श, भिसा प्रक्रिया, अध्यागमन सम्बन्धी व्यवस्था लगायतका विविध विषयहरूमा केन्द्रित रहेर आवश्यक सहयोग गर्दै आइरहेको संस्था हो।
ओएसिस एजुकेशनले बैदेशिक शिक्षाका लागि अष्ट्रेलियालाई प्रमुख गन्तव्यको रूपमा लिदै हजारौं नेपाली विद्यार्थीहरूलाई शैक्षिक एवं प्रक्रियागत सहयोग गरिरहेको छ।
मिस नेपाल जस्तो सामाजिक लोकप्रियता हासिल गरेको व्यक्तित्वको माध्यमबाट विदेशमा अध्ययन गर्न जान चाहनेहरूका लागि सही सूचना र जानकारी प्रदान गर्ने उद्देश्यले हालै मिस नेपालको ताज पहिरेकी प्रियंकालाई असार २७ गतेबाट आफ्नो संस्थासँग जोडेको ओएसिस एजुकेशनले उल्लेख छ ।

ओएसिस एजुकेशनका संचालक तथा कार्यकारी निर्देशक कुशल केसीले विदेशमा ओएसिसले सहकार्य र साझेदारी गरिरहेका शैक्षिक संस्थाहरूले उपलब्ध गराउदै आएका शैक्षिक कार्यक्रम, सेवा सुविधा र गुणस्तरीय शिक्षा लगायतका अत्यावश्यक जानकारी हासिल गर्न नेपाली विद्यार्थीहरूमाझ मिस नेपालको माध्यमबाटै अझै मद्दत पुग्ने बताएका छन् ।

आगामि मिस वल्डको प्रतिस्पर्धाका लागि निकै सशक्त ढंगले जुटिरहेकी मिस नेपाल जोशीले ओएसिससंगको आफ्नो सहकार्य निकै फलदायी हुने र यसबाट अष्ट्रेलिया लगायतका देशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरू लाभान्वित हुने आफ्नो विश्वास रहेको कुरा उल्लेख गरेकी छन् ।
एक दशकभन्दा लामो समयदेखि नेपाली विद्यार्थीहरूलाई विदेश पठाउदै आइरहेको ओएसिसले मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरसँगको लामो सहकार्यसँगै यसअधि मिस नेपाल श्रृंखला खतिवडालाई आफ्नो व्यावसायिक दूतको रूपमा भित्र्याएको थियो ।

अष्ट्रेलिया, वेलायत, न्यूजिल्याण्ड, जर्मनी लगायत युरोप र अमेरिकी महादेशमा अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श दिदैआएको ओएसिस एजुकेशनले काठमाण्डौंमा एक विशेष कार्यक्रमका साथ मिस नेपाल वर्ल्ड प्रियंका रानी जोशीसंग व्यवसायिक सहकार्यका लागि सहमति गरेको हो ।















