तरुण दल अध्यक्षको पार्टी नेता सँग भेटघाट,संगठन विस्तारमा छलफल
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका नेताहरु सँग भेटेर संगठन विस्तारका सम्वन्धमा छलफल गरेका छन्।
अध्यक्ष गुरुङले सोमवार नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला सँग छुट्टाछुट्टै भेट गरे।
भेटमा तरुणदल विस्तार सम्वन्धमा छलफल भएको अध्यक्ष गुरुङले बताए।
“नजिकिदै गएको प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन भातृ संगठनहरुको भूमिका महत्वपूर्ण हुने र त्यसका लागि संगठन विस्तार विवाद रहित बनाउन भेटघाट गरेको हुँ।”
भेटघाटमा नेताहरुले संगठन विस्तारमा आफ्नो राय राखेको अध्यक्ष गुरुङ्गले बताए। “यो बेलामा, यो र त्यो भन्दा पनि संगठन बलियो बनाउने कुरामा आफ्नो पुर्ण सहयोग रहने भन्दै नेताद्वयले निर्भिकताका साथ अघि बढ्न आफूलाई सुझाव दिनु भयो।” गुरुङले भने।
जवाफमा अध्यक्ष गुरुङले पनि आफुले सबैलाई समेटेर अगाडि बढ्न चाहेको र त्यसैका लागि सबै नेतासँग राय लिन भेटघाट शुरु गरेको बताएको उनका प्रेस सल्लाहाकार दिपेन्द्र पोखरेलले समाज टाइम्स सँग बताए ।








