नेपाली क्रिकेट टिम अमेरिका आउदै, एनआरएनए कप र विश्वकप लिग खेल्ने
ल्यानक्यास्टर । नेपाली राष्ट्रिय क्रिकेट टिम दुई साता लामो भ्रमणका लागि आइतवार अमेरिका आउदै छ।
टिम शनिवार काठमाडौंबाट अमेरिका प्रस्थान गरेको छ। अमेरिका आउन लागेको टिमको शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा तथा खेलुकदमन्त्री महेश्वरजंग गहतराज, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलगायत क्यान पदाधिकारी हरूले विदाई गरे।

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय क्रिकेट श्रृंखला लागि नेपाली टिम अमेरिका आउन लागेको हो।
विश्वकप लिग अगाडि नेपाली टिमले एनआरएनए कप खेल्ने छ। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले एनआरएनए कप आयोजना गर्दै छ।
एनआरएनए अमेरिकाले नेपाली अल स्टार्स र नेपलीज् एसोसियसन अफ ह्युस्टन सँग समन्वय गर्दै प्रतियोगिताको आयोजना गर्न लागेको हो। विश्वकप लिग र एनआरएनए कप दुबै टेक्सासको ह्युस्टनमा हुने छ।

नेपाली राष्ट्रिय टिमले जुन २ तारिक नेपाली अल स्टार्स र जुन ४ तारिक ह्युस्टन हुरिकेन सँग खेल्ने छ।
आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय क्रिकेट श्रृंखला जुन नौं तारिकबाट शुरु हुदैछ।
नेपालले अमेरिका र ओमान सँग दुई दुई म्याच खेल्ने छ।
त्रिकोणात्मक सिरिजका खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका आउदै
















