अमेरिकामा एक नेपाली गम्भिर विरामी, उपचारका लागि सहयोगको अपिल
टेक्सास । टेक्सासमा रहेका एक नेपालीले उपाचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन्।
नेपालमा चितवन घरभइ हाल अमेरिकाको टेक्सासमा बस्दै आएका शिवप्रसाद आचार्यले उपाचारमा आर्थिक अभाव भएको भन्दै सहयोग मागेका हुन् ।
उनलाई गोफण्ड मार्फत सहयोग गर्न सकिने छ। गोफण्डमा जानका लागि यहाँ क्लिक गर्नु होला।
आचार्यको अपिल जस्ताको त्यस्तै ।
सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा नमस्कार !
मेरो नाम शिवप्रसाद आचार्य हो । चितवन जिल्ला घर भई म हाल टेक्सास राज्यमा बस्दै आएको छु । मलाई शुरुमा घाँटीमा ट्युमर भएको देखियो । उपचारका क्रममा मुखबाट जबोन सहित दाँत निकालेर फाल्नु पर्यो । त्यसको उपचार गर्दा घाँटीको क्यान्सर समेत देखियो । त्यो उपचार सम्म मेरो मेडिकल इन्स्योरेन्सले काम गर्यो । उपचार गर्दै जाँदा गिजामा पनि क्यान्सर देखियो । अहिले मेरो मुखमा दाँत छैनन्, मैले झोलिलो खाना मात्रै खानु पर्ने अवस्था छ । अहिले खुट्टा बाट हड्डी निकालेर मुखमा दाँत राख्नका लागि बेश बनाएको छ । अबको उपचारका लागि इन्स्योरेन्सले पनि कभर नगर्ने भएकाले र यो उपचार बिधि सार्हैनै महंगो पर्ने भएकाले मलाई आर्थिक सहयोग गरिदिनु हुन सादर अनुरोध गर्दछु ।














