टेक्सास स्कूल नरसंहार : घटना हुनु आधा घण्टा अगाडि नै फेसबुकमा जानकारी गराएका थिए
|
Getting your Trinity Audio player ready...
|
“म मेरी हजुरआमालाई गोली हान्ने छु,” पहिलो पोस्ट ।
“मैले मेरी हजुरआमालाई गोली हाने,” दोस्रो पोस्ट।
“म एक प्राथमिक विद्यालय शूट गर्न जाँदैछु,” तेस्रो पोस्ट।
टेक्सास । २१ जनाको ज्यान जाने गरि टेक्सासको एक प्राथमिक स्कूलमा भएको नरसंहारमा गोलीबारी भन्दा केही मिनेट अगाडि बन्दुधकारीमाले घटनाबारे चेतावानी दिदै फेसबुकमा लेखेको तथ्य खुलेको छ।
मंगलवार ती १८ वर्षीय बन्दुकधारीले गोली चलाउदा १८ बालबालिका र २ वयस्कको निधन भएको थियो । विद्यालयमा गोली चलाउनु केही मिनेट अघि बन्दुकधारीले फेसबुकमा तीन विचलित पोस्ट गरेको पाइएको छ।
टेक्सासका गभर्नर ग्रेग एबोटले बुधावारको एक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बन्दुकधारीले शुरुमा आफ्नी हजुरआमालाई गोली हानेका थिए।
सो कुरा पनि ति व्यक्तिले फेसबुकमा जानकारी गराएका थिए। “म मेरी हजुरआमालाई गोली हान्न जाँदैछु,” बन्दुकधारी १८ वर्षीय साल्भाडोर रामोसले शुरुमा फेसबुकमा लेखेका थिए।
त्यस पछि उनले हजुरआमालाई गोलीहाने । सो घटनाबारे पनि रामोसले फेसबुकमा जानकारी दिएको पाइएको छ।
हजुर आमालाई गोलीहाने पछि रामोसले विद्यालयमा गोली चलाउने चेतावानी पनि फेसबुकमा नै दिएका थिए। “म एउटा प्राथमिक विद्यालयलाई गोली हान्ने छु,” फेसबुकमा तेस्रो स्टाटस लेखेको आधा घण्टा नपुग्दै मानव सभ्यतालाई नै स्तब्ध बनाउने नरसंहार टेक्सासमा घट्यो ।
घटना स्थलमा सुरक्षाकारवाहीमा मारिएका बन्दुकधारी रामोसले यसै महिना आफ्नो १८ औं जन्मदिन पछि दुई राइफल किनेको पाइएको छ।
रामोसका साथीहरु र परिवारका सदस्यहरुका अनुसार उनी उच्च विद्यालय स्नातक गर्न असफल भएपछि क्रोधित र एक्लो भएको देखिन्थ्ये। उनी आमाबाबु सँग समस्या भए पछि हजुरआमा सँग बस्दै आएका थिए।
रामोसको पूर्व सहकर्मीको भनाइ भन्दै द डेली बिष्टले आफ्नो रिपोर्टमा लेखेको छ, “उनी कहिलेकाहीँ केटीहरूप्रति असाध्यै अभद्र व्यवहार गर्थे, ‘म को हुँ’ भनेर सोधेर धम्की दिने गर्थे र महिलाहरूलाई अनुपयुक्त सन्देशहरू पनि पठाउने गर्थे,”
यसै वर्ष हाइस्कूल सक्ने तयारीमा रहेका उनी पछिल्लो समय कक्षामा पनि कम मात्रमा देखा पर्ने गरेका थिए।
रामोसका हजुरबुवा, रोनाल्ड रेयेसले एबीसी न्यूजलाई बताए अनुसार बन्दुकधारी रामोस गत वर्ष स्कूल गएनन् र उभल्देमा आफ्नो हजुरबुबा हजुरआमाको घरमा एउटा कोठामा एक्लै धेरै समय विताउने गरेका थिए। धेरै कुरा नगर्ने सामोस आफ्नी आमा सँग समस्या भए पछि बाहिर सरेका थिए।
मंगलबार बिहान, लाइसेन्स नभएका रामोसले आफ्नी हजुरआमालाई गोली हाने र हजुरआमाको ट्रक लगे। छिमेकीका अनुसार गोलीहान्नु अगाडि हजुरआमा सँग झगडा समेत गरेका थिए।
उनी चिच्याएकी थिइन्, “उसले मलाई गोली हान्यो! उसले मलाई गोली हान्यो!” छिमेकीको भनाइ भन्दै न्यूजीले लेखेको छ।
विद्यालयमा गोलीबारी गर्नु अगाडि रामोसले रोब इलिमेन्टरी नजिकै ट्रकलाई ठक्कर दिएका थिए। सो घटनाको प्रत्यक्षदर्शीले ९११ मा फोन समेत गरेका थिए।
टेक्सास डीपीएसका प्रवक्ता लेफ्टिनेन्ट क्रिस ओलिभेरेजका अनुसार पुलिसले रामोसलाई पछ्याएको थियो । राइफल लिएर स्कूलमा दौडेका उनी कक्षाकोठामा पसे र “जो जो आफ्नो अगाडि थिए गोली हाने।”
सीएनएनले एक रिपोर्टमा रामोसले घटना हुनु केही दिन अगाडि नै एक साथीलाई बन्दुक र बारुदको झोलाको फोटो पठाएको लेखेको छ।
पुलिसले ति बन्दुकधारीलाई स्कूलको ढोका तोडेर मार्यो तर त्यस अगाडि उनले आफ्नो पूर्व योजना अनुसार १९ विद्यार्थी र दुई शिक्षकको अनाहक ज्यान लिइसकेका थिए।
अमेरिकामा बन्दुक हिंसा जटिल बन्दै गएको छ। मे १४ मा मात्र न्यूयोर्कको बफेलो स्थित सुपरमार्केटमा भएको गोलीबारीमा १० जनाको ज्यान गएको थियो ।
अमेरिकामा १८ वर्षमाथिका नागरिकलाई बन्दुक किन्न पाउने व्यवस्था छ। जसको समय समयमा आलोचना हुदै आएको भए पनि कानुनमा कुनै सुधार आउन सकेको छैन।












