न्यूयोर्कमा अन्तर डोजो मैत्रीपूर्ण कराते सम्पन्न

Getting your Trinity Audio player ready...
|
न्यूयोर्क । विश्व कराते महासंघका रेफ्री रमोन हिराल्डोको निर्देशनमा न्यूयोर्कमा अन्तर डोजो मैत्रीपूर्ण कराते प्रतियोगिता सम्पन्न भएको छ।
हिराल्डोकाई शोबुकान कराते हलमा शनिवार भएको प्रतियोगितामा निहोन कराते डो युएसए, न्युयोर्कको २३ जना खेलाडीले विभिन्न उमेर समूहमा काता तथा कुमितेमा प्रतिस्पर्धा गरेका थिए।
निहोनले कुल ३७ पदक जित्यो। निहोन कराते डोजोले १५ स्वर्ण, दश रजत र १२ काश्य पदक जितेको थियो।
प्रतियोगितामा सेन्से जनक सिंह खड़का , सेन्से मे लीन हुईं र शिहान शान्त थोकर ले रेफ्री जज को भूमिका निर्वाह गरेका थिए।
यस्तै प्रतियोगितामा खेलाडीको कोच सेन्से समीर थोकर रहेका थिए।


