केशव स्थापितको अभद्र व्यवहार : “यु आर नाइस लेडी, तर थुतुनो ठीक भएन”
काठमाडौं । “यु आर नाइस लेडी, तर थुतुनो ठीक भएन” काठमाडौं महानगरमा नेकपा एमालेका मेयर उमेदवार केशव स्थापितको यो भनाइ अहिले सामाजिक सञ्जालमा अहिले निकै विवादित बनेको छ।
राजधानिमा बिहिवार आयोजित एक कार्यक्रममा स्थापितले आफुमाथि सोधिको प्रश्नको जवाफ दिने क्रममा निकै अभद्र व्यवहार प्रस्तुत गरे।
स्थापितले आफूलाई प्रश्न गर्ने एक महिलालाई दुर्व्यवहार गरे। ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ विषयको अन्तरक्रिया एक महिलाले स्थापितमाथि लाग्दै आएको यौनदुर्व्यवहारको आरोपबारे प्रश्न सोधेकी थिइन।
‘मिटु’ अभियानका क्रममा स्थापित माथि दुई महिलालाई यौनदुर्व्यहार गरेको आरोप लाग्दै आएको छ। ति महिलाको जवाफ दिने क्रममा स्थापित निकै अभद्र र आक्रोशित भए। उनले भने “यु आर नाइस लेडी, तर थुतुनो ठीक भएन”। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा स्थापितको शारीरिक हाउभाउ पनि निकै अस्वाभिक देखिन्छ।
ती महिलाले ‘तपाईंमाथि आरोप लागिसकेपछि कि त खण्डन गरेर निर्दोष रहेको प्रमाणित गर्नुपर्यो नभए मेयर जस्तो पदमा बस्ने नैतिकता तपाईंलाई हुन्छ’ भनेर सोधेकी थिइन्।
चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले आफूहरूमाथि स्थापितले यौन दुर्व्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए। त्यस पछि स्थापितलाई बागमति प्रदेश सरकारको मन्त्रीबाट हटाइएको थियो।
‘मिटु’ अभियानका क्रममा सो घटना बाहिर आएको थियो।