न्यूयोर्कको नेपाल डे परेड एनआरएनए र फिप्नाले संयुक्तरुपमा गर्ने
न्यूयोर्क । न्यूयोर्कमा हुने नेपाल डे परेड अब गैरआवासीय नेपाली संघ एनआरएनए न्यूयोर्क च्याप्टर र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको संयुक्त आयोजनामा हुने भएको छ ।
सन् २०१६ देखि शुरु भएको नेपाल डे परेड शुरुका केही वर्ष चरम विवादित बनेको थियो भने पछिल्ला केही वर्ष कोरोनाका कारण अवरुद्द भएको थियो ।
हालै मात्र सरोकारवाला संस्थाहरुले यस अगाडिको आयोजक खारेज गर्दै अबको स्वामित्व फिप्ना र एनआरएनएले लिने निर्णय गरेको जनाएका छन् ।
नेपाल डे परेड ईन्क नामक संस्था अब स्वत: बन्दको कानुनी प्रक्रियामा अगाडि बढाईने र सो को कर्पोरेशन बुक ५०१ सी ३ र कर्पोरेसन ( शिल) फिप्ना अमेरिका र एनआरएनए न्युयोर्क च्यप्टरलाई हस्तान्तरण गर्ने सहमति भएको शुक्रवार जारी विज्ञप्तिमा जनाइएको छ ।
परेडको ईतिहासलाई नमेट्न दस्तावेजहरुमा रहने गरी नेपाल डे परेड न्युयोर्क नामाक नयाँ संस्था खोल्ने सहमति भएको पनि जनाइएको छ ।