आई ओ एफ टि सि द्वारा अनलाइन मार्फत रेफ्री सेमिनार आयोजना
अमेरिका । अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आई ओ एफ टि सि) को आयोजनामा दुई दिने रेफ्री सेमिनार सम्पन्न भएको छ ।
मार्च २५ र २६ तारीखमा गरि भएको अन्तर्राष्ट्रिय स्तरको नि:शुल्क रेफ्री सेमिनार अनलाइन मार्फत सन्चालन भएको हो ।
आई ओ एफ टि सि प्रधान कार्यालयले उक्त सेमिनार संचालन गर्नका लागि पुम्से विधाका विज्ञ अन्तर्राष्ट्रिय निर्णायक तथा विश्व तेक्वानदो पुम्से कमिटिका सदस्य ग्राण्ड मास्टर रेमण्ड सु र गेरुगी (फाईट) विधाका विज्ञ अन्तर्राष्ट्रिय निर्णायक तथा अमेरिकन तेक्वान्दो कमिटिका उप-सभापति मास्टर एन्जेला हम्मेल डेओलिभेरा लाई प्रारिश्रमिक दिने गरी प्रशिक्षण प्रदान गरी दिने व्यवस्था मिलाएको थियो ।
सन २०२२ मे १३ र १४ तारीखमा संयुक्त राज्य अमेरिकाको मिशिगनमा हुन गई रहेको “१३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता” को पूर्व सन्ध्यमा सम्पन्न भएको यस सेमिनारमा ३० देशका पुम्से र गेरुगी (फाईट) विधाका १९१ जनाको सहभागिता रहको थियो ।
जसमा जुम लिंक मार्फत तथा फेसबुक लाईभ मार्फत तेक्वान्दो खेलका प्रशिक्षक एवं खेलाडीहरुले सहभागिता जनाएका थिए ।
उक्त सेमिनार संचालनका लागि आई ओ एफ टि सि प्रधान कार्यालयका महा-सचिव समेत रहेका मास्टर केरेन व्ल्याकेज आई ओ एफ टि सि प्रधान कार्यालयका बोर्ड डाईरेक्टर दिवाकर “डान” महर्जनले महत्वपूर्ण भूमिका निभाएका थिए ।
सेमिनारमा सहभागि सवैलाई सहभागिताको प्रमाण-पत्र इमेल मार्फत पठाईने कुराको समेत सो सँस्थाका बोर्ड डाइरेक्टर दिवाकर “डान” महर्जनले जानकारी गराएका छन ।
अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिप एक गैह्र नाफामूलक सँस्था सन २००० सालमा स्थापना भएको हो । यसको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको पोर्टल्याण्डमा रहेको छ ।
आफ्नो स्थापना कालदेखि विभिन्न देशहरुमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरु सफलतापूर्वक सम्पन्न गरी आफ्नो छुट्टै पहिचान वनाउन सफल रहेको यो सँस्थाले तेक्वान्दो खेलको साथसाथै विभिन्न समयमा सामाजिक कार्यहरुमा समेत सहभागिता एवं सहयोग प्रदान गर्दै आएको छ ।
२०७२ सालमा नेपालमा भूकम्प गएको वेला समेत यो सँस्थाले भूकम्प प्रभावित विभिन्न गाउँ टोल वस्तिहरुमा आफ्नो उपस्थिति जनाई राहत वितरण गरेको थियो । त्यसै गरी नेपालमा अनाथ बालवालिकाहरुका लागि समेत राहत प्रदान गर्दै आइ रहेको छ ।
साथै कोरोना महामारीको वेलामा समेत विभिन्न राहतका कार्यक्रमहरु बनाई खेलकुद सामाग्रीहरुका साथसाथै खाद्यान्न वितरण समेत गरेको थियो । खेलाडीहरुको प्रोत्साहनका लागि वेला वखतमा खेलाडी एवं प्रशिक्षकहरुलाई पुरस्कार तथा प्रशंसा पत्रहरु समेत यो सँस्थाले प्रदान गर्दै आएको छ ।