एनआरएनए उपाध्यक्ष सोनाम लामालाई संस्थाको लोगो र लेटरप्याड दुरुपयोग नगर्न प्रवक्ता कार्कीको चेतावनी
अमेरिका । गैर आसावीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता डिबी क्षेत्रीले उपाध्यक्ष सोनाम लामालाई संस्थाको लोगो र लेटरप्याड दुरुपयोग नगर्न चेतावनी दिएका छन् ।
बुधवार विज्ञप्ति जारी गर्दै प्रवक्ता क्षेत्रीले संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारी तिब्र रुपमा भैरहेको भन्दै उपाध्यक्ष लामाको भ्रममा नपर्न भनेका छन ।
यस्तै उनले लामालाई संघको लेटरप्याड, लोगो लगायत संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग नगर्न सचेत गराएका छन् ।
कार्कीले संस्थालाई अहित हुने कुनै पनि गतिविधिमा संलग्न भएमा संघको विधान बमोजिम कारवाहीको प्रकृया समेत अघि बढाइने चेतावनी पनि दिएका छन् ।
एनआरएनए संस्थापन पक्षले मार्च २४ र २५ मा निर्वाचन तोकेको छ । यस्तै संस्थापन इतर पक्षले पनि छुट्टै निर्वाचन प्रक्रिया अगाडि बढाएको छ ।
प्रमुख संरक्षक शेष घलेले उपाध्यक्ष सोनाम लामामो संयोजकत्वमा महाधिवेशन तयारी समिति गठन गर्दै काम अगाडि बढाएका छन् ।