अमेरिकाको डालसमा फागु सँगै भलिवल प्रतियोगिता, विजेतालाई एक हजार डलर पुरस्कार
टेक्सास । नेपाली समाज टेक्सास (एनएसटी)ले फागु पूर्णिमाको अवसरमा सामुहिक होली र भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
समाजका मिडिया संयोजक पुण्य पाण्डेका अनुसार इन्द्रेणि सांस्कृति समुह सँगको सहकार्यमा समुहिक होलि कार्यक्रम गर्न लागेको हो । यस्तै डीएफडब्लु स्पोर्टस क्लब सँगको सहकार्यमा मैतिपूर्ण भलिवल प्रतियोगिताको आयोजना हुने छ ।
दुबै कार्यक्रम मार्च २० मा हुने छ । होलि ग्रेपभाइन लेक – (trawick pravilion grapevine Texas 76051) मा हुने छ । भलिवल भने युलेस भलिवल पार्कमा हुने छ ।
‘कोरोनाका कारण लामो समय देखि घर भित्र खुम्चिएर बसेका नेपाली समुदायलाई दिक्दारीबाट छुटकरा दिने उद्येश्यले पूर्ण मनोरञ्जनको लागि होलि र भलिवल आयोजना गर्न लागेका हौं ।’ एनएसटीका खेलकुद संयोजक विजय भुसालले भने ।
सम्पूर्ण टेक्सासवासी नेपाली समुदायको कार्यक्रममा व्यापक उपस्थिति हुने उनले अपेक्षा समेत गरेका छन् ।
विभिन्न स्थानिय संघ संस्थाको सहकार्यमा कार्यक्रम गर्ने भएकाले समाज एकताबद्ध हुने र कार्यक्रम गर्नेपनि सजिलो हुने एनएसटीका अध्यक्ष राजेन्द्र वाग्लेको धारणा छ ।
सबै नेपाली समुदाय उपस्थित भएर कार्यक्रमबाट मनोरञ्जन लिन वाग्लेले आग्रह गरेका छन्,’हाम्रो संस्कार र संस्कृति हाम्रा नानि-बाबु लाई देखाउन सबै नेपाली समुदायलाई अनुरोध गर्दछु ।’
यस्तै इन्द्रेणि संस्कृतिक समाजका अध्यक्ष नेत्र पाण्डेले मुलत बालबच्चा सहित सबै नेपाली समुदायलाई कार्यक्रममा उपस्थित उन आग्रह गरेका छन् । ‘हामि यो सम्पुर्ण काम हाम्रा बालबच्चालाई हाम्रो संस्कार र संस्कृति देखाउनका लागि गरिरहेका छौ, हाम्रो छोराछोरीलाई सहभागिता जनाएर हाम्रो परम्परा प्रति मोह जगाईदिन अनुरोध छ।’
‘रङगसँगै भलिवल’ नारासहित आयोजना गरिने एनएसटी-डीएफडब्लु स्पोर्टस क्लब मैतिपूर्ण भलिवल प्रतियोगितामा ६ टिमले भाग लिने निश्चित भएको छ ।
प्रथम हुने टिमलाई एक हजार डलर सहित प्रसंसा पत्र र मायाको चिनो प्रदान गरिने छ । दोस्रो हुने टिमलाई पाँच सय डलर र तेस्रो हुनेलाई दुईसय पचास डलर प्रदान गरिने छ ।
सहभागिता जनाउने टिमले दुईसय डलर सहित मार्च १८ तारिक सम्म एनएसटीसँग सम्पर्क गरि टिम दर्ता गराउनु पर्ने छ ।
एनएसटीका युवा संयोजक जेनिन पुरिका अनुसार अहिले छोटो समयमा होलिलाई थप मनोरञ्जन दिन मैत्रीपूर्ण भलिवल आयोजना गरिएको र अर्को दशै को अवसरमा नेश्नल स्तरीय एनएसटी कप नै आयोजना गरिने छ ।