बल्ल चल्यो नेपालको रेल

जनकपुरधाम । नेपाल सरकारले बोगिसहितका दुई वटा रेल खरिद गरेको झण्डै १७ महिनापछि कुर्था–जयनगर रेल सेवा नियमिति रुपमा संचालन सुरु भएको छ ।
आजदेखि नियमित संचालनमा आएका कुर्था– जयनगर रेल सेवा अहिले ड्राईरन अर्थात यात्रु बिना दैनिक एक पटक नियमित रुपमा संचालन गरिने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
भारतीय सरकारको रेल्वे कम्पनी केआरसीएलका डिजिएम इनायत हुसेनको नेतृत्वको टोलीमा रहेका रेल चालक देवनारायण राय धनुषाको ईनवाबाट रेल गुडाएर कुर्थासम्म ल्याएका थिए । साढे ९ बजेदेखि ईनवाबाट गुडेको रेल करिव साढे ११ वजे जनकपुरको हल्टमा पुगेको थियो ।
रेल्वे ट्रयाक नयाँ भएको र सर्वसधारणमा अझै जनचेतना नभएर कुनैपनि वेला ट्रयाकमा आउने सक्ने भएकोले विस्तारै आएको उनले बताए । रेल नियमिति रुपमा संचालन भएको खण्डमा बढी एक घटनाभन्दा कम समयमा कुर्था–जयनगर सम्म पुग्न सक्ने चालक रायले बताए ।
कुर्था–जयनगर सम्म बनाईएको ट्रयाकमा बढीमा प्रतिघण्टा ११० किलो मिटरको गतिमा रेल कुदाउन सक्ने बताउदै चालक रायले भने,‘यो रेलको इन्जिनले प्रति घण्टा १४० किलो मिटरको स्पीडमा चल्ने क्षमता छ । तर ट्रयाकको त्यो क्षमता छैन । फेरि नजिकै नजिकै हल्ट र स्टेशन भएकोले पनि सिमिति गतिमा रेल चलाउन चालकलाई वाध्यतमक अवस्था हुन्छ ।’
नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि मात्रै दैनिक तीन पटक यात्रुसहित संचालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।
रेल संचालनको समय पटक–पटक तोकिएपनि त्यो समय फेल हुँदै आएको थियो । तर भोलि आइतवारदेखि रेल सेवा नियमित रुपमा संचालन हुने नेपाल रेल्वे कम्पनिले जनाएको छ । भारत सरकारको ८ अर्व ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयननर– विजलपुर– बर्दिवास सम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर– कुर्था सम्म ३२ किलोमिटर रेल संचालनको भएको हो ।
आजदेखि रेल संचालनमा अव यो नियमित रुपमै संचालन हुन्छ, महाप्रबन्धक झाले भने,‘ फागुनको दोस्रो सप्ताह भित्रैमा उद्घाटन गराई संचालन गर्ने हाम्रो तयारी छ । तर त्यसका लागि नेपाल र भारत दुवै देशका प्रधानमन्त्री ज्युलाई समय मिलाई दिन हामी सरोकारबालासँग अनुरोध गरेका छौ ।’ अहिले भारतीय पक्षमा २६ जना कर्मचारी मध्ये १४ जना मात्रै आएको छ, उनले उनले भने,‘रेल उद्घाटनको समय निश्चत भएपछि ति सबै कर्मचारी आउँछन्, हाम्रो ५९ जना कर्मचारी पनि तयार छ ।’
यसैबीच,रेल सेवा नियमित रुपमा संचालन भएपछि तत्काल त्यसको सुरक्षाका लागि सशस्त्र प्रहरीका डिसपीको कमाण्डमा १ सय सुरक्षाकर्मि परिचालन गरिएको छ ।
सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरले रेलको इन्जिनदेखि ट्रयाक तथा भौतिक संरचनाहरुको सुरक्षाका लागि तत्काल सशस्त्रका एक सय जना सुरक्षाकर्मि परिचालन गरिएको बताए । डिएसपीको नेतृत्वका हाम्रो टोली परिचालन गरिएको छ, उनले भने,‘ थप सुरक्षाकर्मिको आवश्कता परेको खण्डमा धनुषा र महोत्तरीका दुवैका सशस्त्रका एसपि साहवहरुसँग समन्वय गर्ने गरि निर्देशन गरेका छौ ।’
रेल्वे संचालन सम्बन्धी ऐन आएपनि त्यसको कार्यान्वयनका लागि नियमावलि र कार्यविधि नबनेको अवस्थामा अहिले प्रचिलत कानुन अनुसार नै रेल्वेमा क्षति पुर्याउने कार्यवाही हुने उनले बताए । रेल्वको सुरक्षामा खटेका सशस्त्र प्रहरीलाई रेल्वेका हुने सक्ने घटना र त्यसको नियन्त्रणको विषयमा भारतीय पक्षले तािलम दिएको महाप्रबन्धक झाले बताए ।
सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर– भंगहा– बर्दिवास रेल सेवा संचालनको लागि सहमति भएको थियो ।
नेपाल सरकारले जग्गा उपल्बध गराउने र निर्माण सम्बन्धी सम्पुर्ण जस्तै ट्रायक निर्माण, स्टेशन भवन, हल्ट, पुलपुलेस, खानेपानी, विद्यृति लगयतका सम्पुर्ण काम भारत सरकारले गर्ने सहमति भएको छ ।
भारत सरकारको सहयोगमा निर्माण हुने जयननर– विजलपुर– बर्दिवास सम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर– कुर्था सम्म ३२ किलोमिटर रेल संचालनको आवश्यक पुवार्धार तयार भईसकेको रेल्वेका जनकपुरका साईट इन्जिनियर बिनोद ओझाले बताए। कुर्था–देखि भंगहा सम्मको काम अगामी दुई महिना सकिने र भंगहादेखि बर्दिवास सम्म अगामी ४ वर्षमा रेल सेवा विस्तार हुन सक्ने बताए ।

७० देखी ३०० रुपैयाँसम्म भाडा कायम
लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ ।
रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।
महाप्रन्धक झाले अव रेल सञ्चालनमा कुनै अवरोध नहुने गरी आइतबारदेखि रेल सञ्चालन हुने दाबी गरे । रेल्वे सेवा नियमित सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले रेल ट्रक नजिक रहेका हाट बजारहरू समेत खालि गराई सकेको छ । आइतबारदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था–जयनगर सम्म रेल ओहोरदोहोर गरिने बताए ।
‘आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुन्छ’, महाप्रबन्धक झाले भने, ‘तर, तत्काल हामी बिना यात्रुको (ड्राई रन) रेल सञ्चालन गर्छौ, हप्ता १० दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्छौ ।’
रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले बताए ।
विगतमा चोरी भएका रेल्वे ट्याकको क्लिपहरू लगाई सकेको र एलबी लेभवन गेट समेत मर्मत सम्भार भइसकेको महाप्रबन्धक झाले बताए । ५ कार्तिकमा भारतीय पक्षले रेल सञ्चालनका लागि आवश्यक रेल ट्र्याक, हल्ट, स्टेसन, कर्मचारीको लागि अवाससहितका भौतिक संरचना नेपाल सरकारलाई जिम्मेवार लगाएका थिए । तर, त्यसका केही काम रहेकोले त्यो काम पनि भारतीय पक्षले गरिसकेको महाप्रबन्धक झाले बताए ।
नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको ईनवा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो । रेल्वेको सुरक्षा भने सशस्त्र प्रहरी नेपाललाई दिइएको छ ।
यसैबीच,नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगर सम्मको जनरल ७० र एसीमा ३ सय रुपैयाँ भाडा तोकेको छ । कुर्थादेखि जयनगर सम्म ५ स्टेसन र ३ वटा हल्ट रहेको छ । रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने महाप्रबन्धक झाले बताए ।
काँचुली फेर्दै नेपाल रेल
भारतीय ब्रिटिस शासकले विक्रम सम्वत १९९४ मा महोत्तरीको जगंगलबाट काठ ढुवानीको लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेको थियो । पछि ती रेललाई नेपाल सरकारको जिम्मेवारी दिइएको थियो । नेपाल सरकारले ती रेलमा यात्रुको लागि सञ्चालन गर्न थाले । २०५९ सालमा महोत्तरीको विग्ही नदिमा आएको बाढीले जीर्ण अवस्थामा रहेको विग्ही नदिको पुल भत्किएपछि जनकपुर जयनगर २९ किलोमिटरमा उक्त सेवा समिति हुन पुगे ।
मर्मत सम्भारको अभाव र राजनीति दलहरुले कार्यकर्ता भरपोषणको केन्द्र बनाएको रेलमा विस्तार विस्तारै बन्द नै अवस्थामा पुगेका थिए ।
पटक–पटक लिक छोडने तथा दुर्घटानमा पर्ने न्यारोगेज सेवालाई ब्रोडग्रेज सेवामा स्तरोन्नती गर्न भारत सरकारसँग आग्रहा गरिएको थियो । २०७१ साल माघ देखि उक्त सेवाई पुर्ण रुपमा ठप्प गरि स्तरोन्नतीको काम हुदै आएको छ ।
सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर–विजलपुर–बर्दिवास रेल सेवा संचालनको लागि सहमति भएको थियो । नेपाल सरकारले जग्गा उपल्बध गराउने र निर्माण सम्बन्धी सम्पुर्ण जस्तै ट्रायक निर्माण, स्टेशन भवन, हल्ट, पुलपुलेस, खानेपानी, विद्यृति लागयतका सम्पुर्ण काम भारत सरकारले गर्ने सहमति भएको छ । ब्रोडगेज निर्माणको जिम्मेवारी भारत सरकारको रेल कम्पनी इरकन इन्टरनेशनल लिमिटेडले पाएको छ ।
कुर्था–देखि बिजलपुरा सम्मको ९० प्रतिशत काम सम्पन्न भईरहेको बताउँदै झाले भने, ‘जयनगर कुर्था रेल सेवा संचालन भएपछि त्यसको केहि महिनामै बिजलपुरा सम्म पनि रेल चलाउन सकिन्छ । कारण कुर्था देखि बिजलपुरा सम्मको ट्रायाक निर्माण, स्टेशन, हल्ट निर्माण रुपमा भइसकको छ ।’
जयनगरदेखि कुर्था सम्म ३५ किलोमटिर यात्रा गर्न दुईदेखि तीन घण्टा लाग्ने रेलाई ब्रोडगेज सेवा सुरु भएपनि १ घण्टामा उक्त दूरी तय गरिने इन्जिनियर ओझाले बताए । ‘न्यारोगेज रेल सेवा सञ्चालन हुदाँ बढीमा एक पटकमा एक हजार यात्रु आवत जावत गर्न सकिन्थयो’, उनले भने, ‘ब्रोडगेज सेवा सुरु भएपछि १३ सय यात्रु यहिलै कै अवस्थामा र बोगि (डब्बा) थप गरेर त्यसो भन्दा बढी यात्रीलाई चढाउन सकिन्छ ।’
नयाँ मोडेलका आधुनिक रेल
डिजेल ईलेक्टिक मल्टिपल युनिट डिजेल र विधुत दुवैबाट चल्ने यि दुवै विश्वमै नयाँ मोडेलका रेलको रुपमा तयार गरिएको निर्माण कमपनीले दावि गरेको छ । डिपिसि १९०१ र डिपिसि १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका हुन् ।
प्रति घण्टा ११० किलो मिटरको स्पीडमा चल्ने सक्ने रेल एक पटकमा १ हजार ३ सय सम्म यात्रिले यात्रा गर्न सक्छन् । एउटै ईन्जिन भएपनि दुबै तर्फबाट चलाउन सकिने रेलको एउट बोगिमा ७० वटा सिट रहेको छ ।
२० मिटर लामो रेलको ईन्जिनवाहेक एक एसि र २ जेनरल बोगि रहेको छ । प्रति किलोमिटर २ लिटर डिजेलको अभरेज दिने रेलमा आवश्कयता अनुसार थप ४ वटा बोगि सम्म जोडन सकिने निर्माण कम्पनीको दावि छ । नेपाललाई लक्ष्ति गरि बनाएको रेल भारतमा सञ्चालनमा रहेको अन्य रेलभन्दा फरक रहेको निर्माण कमपनीका म्याकेनिकल ईन्जिनियर दिपक त्रिपाठीले बताए ।
यो दुवै रेल अन्य रेलभन्दा फरक र आकर्षक मोडेलका रहेको उल्लेख गर्दै त्रिपाठीले भने, ‘यसको स्पीड, लोड बोक्ने क्षमता धेरै राम्रो छ, नेपालका लागि हामीले स्पेशल डिजाईन गरेका छौ ।’ रेलका बोडिङहरुको यात्रीहरुले आफुसँग ल्याउने झोला ब्यागहरु राख्ने स्थान बनाईएको छ भने प्रत्येक बोगिमा शौचालयको व्यवस्था गरिएको छ । एसी वाहेक अन्य जेनरेल बोगिमा ठाउँठाउँमा पंखा लगाईएको छ ।
नेपाल सरकारले खरिद गरेको रेल यात्रु वाहेक रेल रहेको रहेको भन्दै उनले भने, ‘यसमा माल ओसारपोसार गर्न मिल्दैन, यो पुर्णत यात्रु ओसोरपोसरको उदेश्यले निर्माण गरिएको छ ।’ नेपाल सरकारको आग्रहा कम्पनीले रेललाई नेपालकै झण्डाको रंङगमा पेन्ट गरिएकोले रेलको आकर्षणलाई झन बढाएको उनले बताए ।