एनआरएनए प्रतिनिधि विवाद : आइसीसीले मागे अनुसारको लिष्ट अमेरिकाबाट गएन, अन्तिम निर्णयको जिम्मा उच्चस्तरिय समितिलाई
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषाद् (आइसीसी) द्वारा पुन मागे अनुसार प्रतनिधि नामावली अमेरिकाबाट जान नसकेको बताइएको छ ।
अमेरिकाबाटै शुरु भएको प्रतिनिधि विवादका कारण एनआरएनए आइसीसीको गत अक्टोबरमा हुनु पर्ने निर्वाचन अझै हुन सकेको छैन ।
अमेरिका सहित समस्या देखिएका अन्य सात मुलुकका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई वर्तमान र निवर्तमान अध्यक्षको सहमतिमा नयाँ लिष्ट पठाउन आइसीसीले निर्देशन दिएको थियो ।
तीन दिने म्यादको अन्तिम दिन बिहिवार आइसीसीलाई जवाफ दिने क्रममा एनआरएनए अमेरिकाका वर्तमान अध्यक्ष बुद्दिसागर सुवेदी र निवर्तमान अध्यक्ष सुनिल शाहले संयुक्ता हस्ताक्षरमा पत्र पठाउन सकेनन् ।
एसीसी अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीले बिहिवार मध्यरात अगाडि आफुले एकल हस्ताक्षरमा प्रतिनिध लिष्ट पठाएको समाज टाइम्सलाई बताए । ‘आइसीसीले दिएको समयसीमा सकिनु अगाडि नै मैले लिष्ट पठाएको छु ।’ सुवेदीले भने ।
सुवेदीले आफुले निवर्तमान अध्यक्ष सुनिल शाह र अमेरिकाज क्षेत्रका क्षेत्रिय संयोजक (आरसी) राजन त्रपाठी सँग सल्लाह गरेर पुरानै नामावलीलाई यथावत राख्दै पठाएको बताए । ‘सुनिलजी सँग सल्लाह गरेको हो, तर उहाँले हस्ताक्षर गर्नु भएन, उहाँको आफ्नै केही होला तपाईले पठाउनुस भन्नु भयो बीचको कुरा गर्नु भयो मैले शूरुकै लिष्ट पठाए ।’
आइसीसीले विधान अनुसार ७३ घण्टा भित्र दुई अध्यक्ष बीचमा सहमति गरेर नयाँ लिष्ट पठाउनु भनेर एनसीसीलाई निर्देशन दिइएको थियो । विधानले प्रतिनिधिको नाम पठाउन निर्वाचन गर्नु पर्ने भनेको छ । तीन दिनको समय निर्वाचनका लाग अपुग हो ।
निवर्तमान अध्यक्ष सुनिल शाहले बुद्दि सुवेदीले पहिला पठाएको लिष्ट थयावत नै हुने भने पछि आफुले हस्ताक्षर नगरेको बताए ।
समाज टाइम्स सँगको कुराकानीमा शाहले भने, ‘दुबै पक्षको सहमतिमा भन्ने तर पहिलाको लिष्टमा कुनै परिवर्तन नहुने भन्ने भए पछि त्यसमा मैले हस्ताक्षर गरेर के अर्थ ?’ शाहले प्रश्न गरे ।
उने अब आइसीसीद्वारा गठित उच्चस्तरीय समितिले नै अन्तिम टुङ्गो लगाउने बताए । ‘अब उच्चस्तरिय समितिले दिने निर्णयमा मेरो असहमति रहदैन, मेरो विरोध पनि छैन मैले पहिला विधान अनुसार नै पठाएको हो ।’
वर्तमान अध्यक्ष सुवेदीले आफुले पठाएको लिष्टलाई नै आइसीसीले मान्यता दिने दावी गरे । ‘सुनिल जीले विरोध गर्दिन भन्नु भएको छ मेरो बुझाइ अहिलेको कमिटीलाई रिभ्यु गर्नु भनेको कारण मैले पठाएको लिष्टलाई आइसीसीले मान्यता दिन्छ ।’
















