‘विदेशमा बस्दा कुनै पार्टीको लम्पट कार्यकर्ता होइन नेपाली बनौ’ : गौरिराज जोशि, सचिव,एनआरएनए
अमेरिका । गैर आवसिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का सचिव गौरीराज ज्योशिले विदेशमा बस्ने नेपालीले कुनै अमुक पार्टीको कार्यकर्ता भन्दा पनि आम नेपाली भएर बस्नु पर्ने बताएका छन् ।
‘प्रवासमा बस्दा कुनै अमुक पार्टीको लम्पट कार्यकर्ता होईन स्वाभिमानि नेपाली नागरिकको रुपमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न नचुकौ ।’
यस्तै जोशिले संस्थाको प्रशासनिक प्रणालिलाई ढुङ्गेयुग तर्फ धकेल्ने प्रयास भएको आरोप पनि लगाएका छन् । सत्ता र शक्तिको आडमा केही पदाधिकारी प्रविधिको विरुद्दमा लागेको दावी समेत जोशिले गरेका छन् ।
आसन्न आइसीसी निर्वाचनमा महासचिवको उमेदवार समेत रहेका जोशिले बुधवार एक विज्ञप्ति जारी गर्दै भनेका छन्,’संघको नियमित अधिबेशनको बिरुद्द लागि परेका केही जिम्मेद्वार गैर आवसिय महानुभावहरुले खिसिट्यूरी गर्दै प्राविधिको विकाश गर्न अहोरात्र योगदान दिने महानुभावहरुको प्रतिष्ठामा आच आउने ब्यवाहार प्रस्तुत गर्न बिडम्वनापूर्ण र प्रविधि मैत्रि संघको अवधारणा विरोधि रहेको ठान्दछु ।’
जोशिले केही व्यक्तिको गैर जिम्मेद्वारिपुर्ण गतिविधिले एनआरएनएको सुन्दर भबिष्य माथि गम्भिर आशंका पैदा गरेको समेत उल्लेख गरेका छन् ।
‘संघको २१ औ शताब्धिको प्रविधि मैत्री प्रशासनिक प्रणालीलाई ढुंगेयुग तर्फ धकेल्ने प्रयाश गर्नुले आम गैर आवशिय नेपाली महानुभावहरुको मर्म र भावनामाथि खेडवाड भईरहेको आभाष हुन्छ ।’
जोशिले एनआरएनएको मर्म र भावना बिरोधि गतिविधि बन्न गर्न र नियम संगत रुपमा आफुलाई सच्याउन पनि अपिल गरेका छन् ।
जोशिको विज्ञप्तिको पूर्ण पाठ
आदर्णिय गैर आवशिय नेपाली दिदी बहिनीहरु तथा दाजुभाईहरु !!!
एक्कासौ शताब्दीमा शृर्जना भएका बिविधताको व्यावहारिक पक्षलाई मध्य नजर गर्दै बिज्ञान प्रबिधिको उच्चतम प्रयोग र उपयोद्वरा नै परिणाम मुखि संगठनको परिकल्पना गर्न सकिन्छ, भन्ने दृढ ईच्छाशक्ति र अठोट बमोजिम गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदम सूचना प्रविधि प्रणालिलाई अवलम्वन गरिएको हो ।
जसको निर्माण गर्दा गैर आवासिय नेपाली संघमा कृयाशिल बिज्ञान र प्राविधिको क्षेत्रमा ज्ञान भएका महानुभावहरुको अथक योगदान , परिश्रम र उर्जाबाट संभव भएको थियो । यही सुचान प्रबिधिको बिकास र प्रभावले आज हामीहरु एउटा मोबाईल फोन सेटको सहायताले संसारमा भएका महात्वपुर्ण आर्थिक, सामाजिक , शैक्षिक लगायतका याबत गतिबिघिहरुको बारेमा जानाकार छौ । साथै गैर आवशिय नेपाली संघले संचालन गरेका गतिबिधिहरुलाई आफ्नो हत्केलाबाट अवलोकन गर्न पाईरहेका छौ ।
यति महत्वपुर्ण प्रणालिलाई हृयंगम गर्दै समय सापेक्ष यसलाई उपयोग गर्दै गैर आवसिय नेपाली संघलाई बिश्वशनिय र मर्यादित बनाउनु हामी सबैको कर्तब्य ठान्नु पर्दछ । तर यो प्रविधिको महत्व र प्रभावकारितालाई अवमुल्यन गर्दै प्रचलित सत्ता र शंक्तिको आडमा सुचना प्रबिधि प्रणाली तथा संघको नियमित अधिबेशनको बिरुद्धमा लागि परेका केही जिम्मेद्वार गैर आवशिय महानुभावहरुले खिसिट्यूरी गर्दै प्राविधिको बिकाश गर्न अहोरात्र योगदान दिने महानुभावहरुको प्रतिष्ठामा आच आउने ब्यबाहार प्रस्तुत गर्न बिडम्वनापुर्ण र प्रबिधि मैत्री संघको अबधारणा बिरोधि रहेको ठान्दछु ।
यस्ता गैर जिम्मेद्वारीपुर्ण गतिबिधिहरुले संघको सुन्दर भबिष्य माथि गम्भिर आशंका पैदा गरेको छ। संघको २१ औ शताब्धिको प्रबिधि मैत्री प्रशासनिक प्रणालीलाई ढुंगेयुग तर्फ धकेल्ने प्रयाश गर्नुले आम गैर आवशिय नेपाली महानुभावहरुको मर्म र भावनामाथि खेडवाड भईरहेको आभाष हुन्छ ।
गैर आवसिय नेपाली संघको मर्म र भावना बिरोधि गतिबिधिहरुमा लागेका साथिहरुले तुरुन्तै यस्ता हर्कदहरुलाई बन्द गर्दै संघको बिधि बिदान र नियमको दाएरा बमोजिम आफुहरुलाई सच्चाउन हार्दिक अनुरोध गर्दछु।
आजको युग बिज्ञान र प्रबिधिको युग हो। बिज्ञान र प्रबिधिको सार्थक अभ्यास बिना कुनै पनि संघ र संगठनलाई बिश्वशनियता , बैद्यता , पारदर्शिता र जबाफदेहिता युक्त बनाउन सकिदैन । त्यकारण प्रबिधिलाई हार्दिकता पुर्वक बिश्वास गरौ ।
प्रबिधिलाई समय सापेक्ष परिमार्जन गरी प्राबिधिक संयन्त्रको बिकासमा योगदान पुऱ्याउनु भएको प्राबिधिक जनशक्तिको विश्वास गरौं। हरेक बिधामा निपूर्ण बौद्धिक जनशक्तिको समुचित ब्यबस्थापनमा गरौ ।
संघको बृहत्तर बिकाशमा योगदान पुऱ्याएका अग्रज महानुभावहरुलाई समान न्याय गरौं । कसैले कसैको सामाजिक प्रतिष्ठा र भबिष्यमाथि खेलवाड नगरौ। त भन्दा म ठूलो भन्ने परमपरागत शैलि अनि सत्ता र शक्तिको ध्वास र प्रवृत्तिको दृघकालिन रुपमा अन्त्य गरौ ।
संघको संस्थागत बिकासलाई दिगो र बलियो बनाऊॅदै दोस्रो पुस्ताका गैर आवशिय नेपालीहरुलाई संघको बृहत्तर हितको लागि परिचालन गर्नुपर्छ भन्ने कर्तब्यबोध गरौ । नेपाली संस्कृति र परम्परालाई प्रवासमा प्रबद्धर्न सामुहिक सदप्रयास गरौं ।
प्रवासमा बस्दा कुनै अमुक पार्टीको लम्पट कार्यकर्ता होईन स्वाभिमानि नेपाली नागरिकको रुपमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न नचुकौ । सदभाव र सदाचार , सहकार्यपुर्ण ब्यबहारलाई हृदयंगम गरौ ।
संघको प्रतिष्ठालाई दिगो र जिवान्त बनाउदै मातृभुमिको बिकास र संमृद्धिको लागि सामुहिक लागानीमा आम गैर आवसिय नेपालीहरुको पहुच बिस्तार गरौ । हरेक देशमा कृयाशिल एन सी सी हरुलाई मातृभुमिको समृद्धि र बिकासको सार्थक पार्टन सिप रुपमा उपयोग गरौ । गैर आवसिय नेपाली संघले संचालन गरेको हरेक परियोजनाहरुलाई समय सिमा भित्र सम्पन्न गरौ । उर्जाशिल भएर संघको भबिष्य सुनिष्चित गर्न लागौ तर बिगार्न र भत्काउन तर्फ नलागौ ।
विनित
गौरी राज जोशी
सचिब : गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (२०१९-२०२१) तथा
महासचिव पदको उम्मेद्वार ।















