समीरजंग शाह नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष नियुक्त

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाहलाई नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । शाह दुई दशक भन्दा बन्दा लामो समय देखि पत्रकारितामा संक्रिय छन् ।
शाहले पत्रकारिताको अधिकांश समय रेडियो नेपालमा बिताएका हुन ।
उनी नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् । यस अगाडि डाक्टर महेन्द्र बिष्ट नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष थिए । सरकार परिवर्तन सँगै बिष्टले पदबाट राजिनामा दिएका थिए ।