सभामुख सापकोटाले बोलाए कार्य व्यवस्था समितिको बैठक

काठमाडौँ / प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
आइतबार बिहान ११ बजेका लागि सभामुखले बैठक बोलाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठक पनि बस्दै छ ।
प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखले कार्य व्यवस्थाको बैठक बोलाएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत भदौयता लगातार संसद् बैठक अवरोध गरिरहेको छ । सूचना टाँसेर स्थगित गरिएको लामो समयपछि आइतबार प्रतिनिधिसभाको बैठक बस्न लागेको छ ।
शनिवार साँझसम्म एमालेले आफ्नो पुरानो निर्णयमा कुनै परिवर्तन नगरेकाले आइतबारको बैठक पनि अवरोध हुने सम्भावना छ । पार्टीले कारबाही गरेका सांसदहरूलाई पदमुक्त नगरेर एमाले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको भन्दै एमालेले संसद् अवरोध गर्दै आएको छ ।