एनआरएनए अमेरिकाको फिजिकल बैठक शनिवार फ्लोरिडामा,१० एजेण्डमा हुनेछ छलफल

Getting your Trinity Audio player ready...
|
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रीय समन्वय परिषद् (एनसीसी) अमेरिकाको दोस्रो फिजिकल बैठकमा शनिवार हुने भएको छ ।
फ्लोरिडाको ओर्ल्यान्ड शहर एनआरएनए अमेरिकाका पदाधिकारी भौतिक रुपमा भेटेर बैठक गर्न लागेका हुन् ।
एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजिवि पन्तले हाल सम्म भएका कामको समिक्षा गर्ने र भावी योजना बनाउनु बैठकको मुख्य उद्देश्य भएको बताए ।
‘बर्षको दुई पटक फिजिकल नै बैठक गर्ने भन्ने हो,अहिले सम्म के के काम गरियो के के भयो अब के गर्न बाँकी छ, योजना अनुसार काम भयो कि भएन भनेर समिक्षा गर्ने हो र भावि योजना बनाउनु बैठकको मुख्य उद्धेश्य हो ।’ समाज टाइम्स सँगको कुराकानीमा पन्तले भने ।
गत जुलाईमा न्यूयोर्कमा भएको पहिलो फिजिकल बैठक पछि एनआरएनए अमेरिकाका पदाधिकारी भौतिक रुपमा एकै स्थानमा जम्मा हुन लागेका हुन् ।
एनआरएनए अमेरिकाका महासचिव अन्जन चौलागाईका अनुसार बैठकमा केन्द्रीय कार्यसमिति पदाधिकारी र बोर्ड सदस्यका अलवा सल्लाहाकार, च्याप्टर सभापति, विभिन्न ट्राकफोर्सका संयोजनक र अन्तर्राष्ट्रीय समन्वय परिषद् (आइसीसी) मा अमेरिकाबाट निर्वाचित बोर्डमेम्वरलाई पनि आमन्त्रण गरिएको छ ।
‘नियमित फिजिकल बैठक नै गर्न खोजिएको हो तर कोरोनाको संक्रमणले सबै जना उपस्थित नहुन पनि सक्छन्, भौतिक रुपमा छुटेकाहरु भर्चुअलमा जोडिनु हुन्छ ।’ महासचिव चौलागाइका अनुसार बैठकको मुख्य एजेन्डा साधरण सभाको स्थान र मिति तय गर्ने हुनेछ ।
साधरण सभाको मिति र स्थान, एनआरएनए अमेरिकाको भौतिक ठेगनाको टुङ्गो पनि बैठकले लगाउने छ । सबै भन्दा ठूलो कुरा एनआरएनए अमेरिकाले आफ्नै भवन खरिद गर्ने तयारी गरेको छ । त्यसबारेमा पनि निर्णय हुन्छ ।’
एनआरएनए अमेरिकाले भर्जिनियामा भवन हेरिरहेको छ ।