सिलवालले छाडे पछि ललितपुर एमालेलाई धक्का

काठमाडौँ । नेकपा ( एमाले ) ललितपुरमा ठुलो धक्का लागेको छ । जिल्ला तहमा सबैभन्दा जनधार भएका एमालेका पूर्व जिल्ला कमिटी उपाध्यक्ष श्यामकृष्ण सिलवाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे पछि एमालेलाई ठुलो धक्का लागेको हो ।
एमालेमा रहँदा सिलवाल सर्वाधिक जनधार भएका एमालेका नेताको रूपमा परिचित थिए । पूर्व गाविस अध्यक्ष सिलवाल गत स्थानीय निर्वाचनमा मेयरका उम्मेदवार थिए । माधव नेपाल समूहमा रहेका सिलवाल केही महिना अघि एमालेमा खुलेका थिए ।
पछिल्लो समय भएको एमालेको जिल्ला अधिवेशन पछि उनी असन्तुष्ट थिए । विद्यार्थी राजनीतिबाट उदाएका पुरुषोत्तम आचार्य सो अधिवेशनमा सर्वसम्मत अध्यक्ष भएका थिए । गत संसदीय निर्वाचनमा पूर्व प्रहर डिआइजी नवराज सिलवालले सांसदको टिकट पाए पछि उनी निकट तथा राप्रपाबाट एमालेबाट प्रवेश गरेका धेरैको प्रभाव रहे पछि एमालेमा व्यापक असन्तुष्टि छ ।
सिलवालले छाडे पछि एमालेको पकड क्षेत्र मानिएको साबिकको गोदावरी तथा विशंखु नारायण गाविसमा ठुलो भूकम्प जाने अनुमान गरिएको छ ।