काँग्रेस बैठकमा निर्वाचनमा गठबन्धनको निरन्तरता बारे छलफल हुने

काठमाडौँ / स्थानीय निर्वाचनबारे धारणा बनाउन नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
बैठक शुक्रवार भर्चुअल माध्यमबाट बस्नेछ ।काँग्रेस श्रोतले ‘कोभिडप्रति सजग रहँदै राष्ट्रिय राजनीतिका महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकोले भर्चुअल बैठक बस्न लागेको जनाएको छ ।
बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षासँगै स्थानीय निर्वाचनको बारे छलफल हुने बताइएको छ ।बैठकमा कार्यसम्पादन समिति गठनबारे पनि छलफल हुनेछ । सो बैठकमा आगामी निर्वाचनको सम्भावित मितिका बारे पनि छलफल हुने छ काँग्रेस निकट श्रोतका अनुसार बैठकमा संस्थापन इतर पक्षले सभापति देउवा गठबन्धनको दबाबमा बढी परेको ठहर सहित आक्रामक रूपमा प्रस्तुत हुने सम्भावना प्रबल छ ।
संस्थापन इतर पक्षले निर्वाचनसम्म गठबन्धन कायम राख्न आवश्यक नभएको भन्दै दवाव दिन सक्ने छ ।