यस्तो छ दाङको जनसङ्ख्या विवरण

घोराही दाङको जनसङ्ख्या ६ लाख ७६ हजार २ सय ७७ पुगेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लामा ३ लाख २१ हजार ९ सय १ जना पुरुष र ३ लाख ५४ हजार ३ सय ७६ जना महिला छन् ।
जिल्लामा लैङ्गिक अनुपात ९० दशमलव ८४ रहेको छ । राष्ट्रिय जनगणना २०६८ मा जिल्लाको जनसङ्ख्या ५ लाख ५२ हजार ५ सय ८३ थियो ।परिवारको औसत आकार ४ दशमलव ०८, जनघनत्व २ सय २९ रहेको छ भने वार्षिक जनसङ्ख्या वृद्धिदर १ दशमलव ९४ प्रतिशत रहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी जनसङ्ख्या घोराही उपमहानगरपालिका र न्यून बंगलाचुली गाउँपालिकामा छ ।
घोराही उपमहानगरपालिकामा ९४ हजार ३ सय ८४ पुरुष र १ लाख ६ हजार ६ सय ९५ महिला गरी २ लाख १ हजार ७९ जनसङ्ख्या रहेको छ । घोराहीमा ४५ हजार २ सय ४० घर सङ्ख्या र ५१ हजार ६ सय १९ परिवार सङ्ख्या रहेका छन् ।बंगलाचुली गाउँपालिकामा १० हजार २ सय ७६ पुरुष र १२ हजार ६ सय १ महिला गरी २२ हजार ८ सय ७७ जनसङ्ख्या रहेको छ ।बंगलाचुलीमा ४ हजार ९ सय ५१ घर सङ्ख्या र ५ हजार १ सय ७३ परिवार सङ्ख्या रहेका छन् । राजपुर गाउँपालिकामा १४ हजार १ सय ७१ जना पुरुष र १४ हजार २ सय ३९ जना महिला गरी २८ हजार ४ सय १० जनसङ्ख्या रहेको छ ।५ हजार ६ सय ३४ घर र ५ हजार ८ सय ९६ परिवार सङ्ख्या रहेको छ ।
राप्ती गाउँपालिकामा २४ हजार ७ सय २० जना पुरुष र २७ हजार ४ सय ३८ जना महिला गरी ५२ हजार १ सय ५८ जनसङ्ख्या रहेको छ ।गाउँपालिकामा १० हजार ९ सय ४० घर सङ्ख्या र ११ हजार ८ सय ३७ परिवार सङ्ख्या रहेको तथ्याङ्कमा उल्लेख छ । शान्तिनगर गाउँपालिकामा १२ हजार ८ सय ७२ जना पुरुष र १४ हजार ७ सय ९४ जना महिला गरी २७ हजार ६ सय ६६ जनसङ्ख्या रहेको छ ।
६ हजार ७ सय ९२ घर सङ्ख्या र ७ हजार १ सय ३७ परिवार सङ्ख्या रहेका छन् । यसै गरी तुलसीपुर उपमहानगरपालिकामा ८५ हजार ७ सय १ जना पुरुष र ९५ हजार ३३ जना महिला गरी १ लाख ८० हजार ७ सय ३४ जनसङ्ख्या रहेको छ ।तुलसीपुरमा ४१ हजार १२ घर सङ्ख्या र ४६ हजार ६ सय ९९ परिवार सङ्ख्या रहेको छ । बबई गाउँपालिकामा १४ हजार ५ सय २७ जना पुरुष र १६ हजार ७ सय ९० जना महिला गरी ३१ हजार ३ सय १७ जनसङ्ख्या रहेको छ ।७ हजार १ सय ७१ घर सङ्ख्या र ७ हजार ५ सय ३८ परिवार सङ्ख्या रहेको छ ।
दंगीशरण गाउँपालिकामा ११ हजार ४ सय ३६ जना पुरुष र १२ हजार २ सय ३६ महिला गरी २३ हजार ६ सय ७२ जनसङ्ख्या रहेको छ । ५ हजार ५ सय ७९ घर सङ्ख्या र ५ हजार ८ सय ९७ परिवार सङ्ख्या रहेको तथ्याङ्कमा उल्लेख छ । गढवा गाउँपालिकामा २२ हजार ६ सय ५० जना पुरुष र २३ हजार ६ सय २५ जना महिला गरी ४६ हजार २ सय ७५ जनसङ्ख्या रहेको छ । ९ हजार ४ सय ४८ घर सङ्ख्या र १० हजार ८४ परिवार सङ्ख्या रहेको छ ।
लमही नगरपालिकामा २८ हजार २ सय ५७ पुरुष र ३० हजार ६ सय २७ महिला गरी ५८ हजार ८ सय ८४ जनसङ्ख्या रहेको छ । १२ हजार ४ सय ८२ घर सङ्ख्या र १३ हजार ८ सय ६२ परिवार सङ्ख्या रहेको छ ।